पोखरा । नवआदर्श सामुदायिक विकास समाज (नाकोड्स) को आयोजनामा शुक्रबार लामाचौर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल सुरु भएको छ । पुरुषतर्फ ५ टिमको सहभागिता रहेको प्रतियोगितामा शुक्रबार पुरुषतर्फ ४ खेल भए । राउन्ड रोविन लिग आधारमा खेलाइएको खेलमा घरेलु टोली गण्डकी प्रदेश शीर्षस्थानमा उक्लिएको छ ।
गण्डकी प्रदेश २ खेलबाट ४ अंक जोड्दै शीर्षस्थानमा रहेको छ । गण्डकीले पहिलो खेलमा बागलुङको गलकोट स्पोर्टस् क्लबलाई ३–१ सेटमा हराएको थियो । पहिलो र दोस्रो सेट लगातार २५–२१ र २६–२४ ले जितेको गण्डकीले तेस्रो सेट २६–२४ ले गलकोटलाई सुम्पेको थियो । अन्तिम सेट २५–१९ सहित आफ्नो पक्षमा पारेपछि स्पष्ट ३ अंक जोड्न सफल भयो ।
लामाचौर कपमा महिलातर्फ ४ र पुरुषतर्फ ५ टिमले भाग लिएका छन्
अन्तिम खेलमा गण्डकीको टिम मणिमुकुन्द भलिबल क्लबसँग ३–२ सेटमा हार व्यहोरेर १ अंकमात्र जोड्न सफल भयो । अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा पहिलो सेट गण्डकीले २५–२० ले जितेको थियो । दोस्रो र तेस्रो सेट २१–२५ र १७–२५ मा मणिमुकुन्दलाई सुम्पियो । चौंथो सेटमा गण्डकी २५–१७ सेटसहित पुनरागमन भयो । पाँचौं तथा अन्तिम सेटमा मणिमुकुन्दले १५–१२ सेटमा गण्डकीलाई हराउँदै जित आफ्नो पक्षमा पा¥यो ।
दोस्रो खेलमा नेपाल पुलिस क्लबले मणिमुकुन्दलाई ३–१ सेटमा हराएर ३ अंक जोड्दै तेस्रो स्थानमा छ । पहिलो सेट २५–१६ ले गुमाएको पुलिसले उत्कृष्ट पुनारागमन गर्दै २५–२१, २५–१९ र २५–२२ को सेटमा खेल जितेको हो ।
तेस्रो खेलमा सशस्त्र प्रहरी बलको एपिएफ क्लबले गलकोटलाई २५–२३, २५–२३ र २५–१८ सेटमा हराएको हो । सोझो सेटमा जित निकालेको एपिएफ ३ अंकका साथ दोस्रो स्थानमा छ । गण्डकीविरुद्धको खेलमा २ अंक जोडेको मणिमुकुन्द चौंथो स्थानमा छ । पहिलो दिनमा २ खेल नै हारेको गलकोट अंक तालिकाको पुछारमा छ ।
शुक्रबार नै हुने भनिएको एपिएफ र पुलिसबीच समय अभावका कारण हुन नसकेको आयोजकले जनायो । शनिबार एपिएफ र पुलिसबीचको खेलसहित पुरुषतर्फको ४ र महिलातर्फको ३ खेल हुनेछ ।
प्रतियोगितामा महिलातर्फ नेपाल पुलिस र सशस्त्र प्रहरीको एपिएफ क्लब, न्यू डायमण्ड क्लब तथा एभरेष्ट भलिबल क्लब बुटवलले भाग लिएका छन् ।
लामाचौर कप राष्ट्रिय भलिबल प्रतियोगितामा महिला र पुरुषतर्फ उपाधि विजेता, उपविजेता र तृतीय हुने टिमले क्रमशः समान १ लाख ५० हजार, १ लाख र ५० हजार रुपैयाँ साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । उत्कृष्ट विद्यागततर्फ समेत नगद पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ ।
Related News
सम्बन्धित समाचार
लामाचौर कप जारी : न्यु डायमन्ड र पुलिस शीर्षस्थानमा
न्यु डायमण्ड २ खेलमा विजयी
साविक विजेता श्यामलाई गल्फ उपाधि
सहारा क्लब पोखरा अध्यक्षमा केशवराज बराल
hero news full width
मुख्य समाचार
सरकार र आन्दोलनरत शिक्षकबीचको पहिलो वार्ता निष्कर्षविहीन
प्रदेशका संरचना र खर्च कटौती गर्न कार्यदल
असाेज ४, २०८०संविधानका ८ वर्ष : गण्डकीमा ६० ऐन पारित, ४२ क्षेत्रगत कानुन बनाउन बाँकी
असाेज ३, २०८०उदार संविधान, अनुदार नेतृत्व
असाेज ३, २०८०एमाले गण्डकी प्रथम अधिवशेनको तयारीमा, लोगो सार्वजनिक
असाेज २, २०८०गण्डकीलाई लामाचौर कप भलिबल उपाधि
असाेज २, २०८०