पोखरा । भक्तिगोविन्द भागवत् श्री अध्ययन प्रतिष्ठान आयोजनामा पोखरा ३२, लामेआहालस्थित राधाकृष्ण मन्दिरमा श्रीमद्भागवत महापुराण ज्ञानमहायज्ञ (सप्ताह) हुने भएको छ ।
यही भदौ ३० देखि असोज ६ गतेसम्म महायज्ञ हुने बिहीबार प्रतिष्ठानद्वारा आयोजित पत्रकार सम्मेलनमा प्रष्ठिान उपाध्यक्ष विष्णुुप्रसाद पौडेलले बताए । वैदिक सनातन भागवत् धर्म र संस्कृतिको संरक्षणार्थ भागवत् जयन्ती अवसरमा ख्यातिप्राप्त कथावाचक ईश्वरकृष्ण महाराजबाट भागवत् कथा वाचन गरिने उनले बताए ।
यस्तै असोज ६ मा प्रतिष्ठानद्वारा गुरुकुल संस्कृत मावि तह (कक्षा ९–१२) गण्डकी प्रदेशस्तरीय भागवत् वाचन प्रतियोगिता समेत गर्न लागिएको सल्लाहकार माधवशरण उपाध्यायले जनाए । प्रतियोगितामा स्तूतिप्रकरण, गद्यप्रकरण र शलाका माध्यमद्वारा सम्पूर्ण भागवत्अन्तर्गत वाचन गर्नुपर्ने व्यवस्था गरिएको छ । उनका अनुसार स्तुतिप्रकरणमा वेदस्तुति दशमस्कन्धको ८७ अध्याय, भीष्मस्तुति प्रथमस्कन्धको ९ अध्याय र रासपञ्चाध्यायी दशमस्कन्धको २९, ३०, ३१, ३२ र ३३ अध्याय निर्धारण गरिएको छ । त्यस्तै गद्यप्रकरणमा भरतोपाख्यान पञ्मस्कन्धको ७, ८ र ९ अध्याय तोकिएको छ ।
भागवत वाचनको यति, गति, लय, शुद्धाशुद्धी र स्पष्टता आधार मानिएको जानकारी गराउँदै उनले विजयीलाई नगदसहित पुरस्कृत गरिने बताए ।
प्रतिष्ठान सल्लाहकार एवं राधाकृष्ण मन्दिरका पीठाधिश प्राज्ञ मुकुन्दशरण उपाध्यायले वेद, गीता जस्ता धार्मिक ग्रन्थहरू नेपालमा नै लेखिएको कुरालाई हामीले प्रचारप्रसार गर्न नसकेको बताए ।
प्रतिष्ठानका सल्लाहकार एवं राधाकृष्ण मन्दिरका सहअध्यक्ष गणेशबहादुर खत्रीले प्रतिष्ठानले गर्न लागेको श्रीमद्भागवत् महापुुराण ज्ञानमहायज्ञ कुनै आर्थिक संकलनको उद्देश्यका साथ नभएको स्पष्ट पारे । महायज्ञक्रममा भक्तजनबाट स्वत:स्फूर्त प्राप्त भएको दान तथा सहयोग भने राधाकृष्ण मन्दिर, गुरुकुल आदिका लागि खर्च गरिने उनले बताए । प्रतिष्ठान अध्यक्ष भक्ति अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव रामचन्द्र सिग्देलले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
लामाचौर तीज महोत्सवमा स्रष्टा सम्मान
बाटुलेचौरमा ऐतिहासिक तीज मेला सम्पन्र
भण्डाढिकमा तेज मेला सुरु
स्वामी रमणानन्द अभिनन्दित
‘पोखरालाई चेतनाको पर्यटनस्थल बनाउन सकिन्छ’
hero news full width
मुख्य समाचार
प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार निर्मला शर्मालाई
सरकार र आन्दोलनरत शिक्षकबीचको पहिलो वार्ता निष्कर्षविहीन
असाेज ४, २०८०प्रदेशका संरचना र खर्च कटौती गर्न कार्यदल
असाेज ४, २०८०संविधानका ८ वर्ष : गण्डकीमा ६० ऐन पारित, ४२ क्षेत्रगत कानुन बनाउन बाँकी
असाेज ३, २०८०उदार संविधान, अनुदार नेतृत्व
असाेज ३, २०८०एमाले गण्डकी प्रथम अधिवशेनको तयारीमा, लोगो सार्वजनिक
असाेज २, २०८०