पोखरा । रेडियो जननीले आयोजना गरेको नवौं तीज गीत प्रतियोगितामा पोखरा ६ को खहरे आमा समूह प्रथम भएको छ । प्रतियोगितामा पशुपति क्षेत्र दिदीबहिनी समूह वडा नं. ८ द्वितीय, जयमूल आमा समूह वडा नं. २ तृतीय र कमल जौसी आमा समूह वडा नं. २५ ले सान्त्वना स्थान हासिल गरे ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वनालाई क्रमश २० हजार, १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको थियो । उत्कृष्ट नृत्यमा बुहारी सशक्तीकरण समाज र उत्कृष्ट भेषभूषामा माछापुच्छ«े आमा समूह वडा नं. १४ लाई ३/३ हजार नगद पुरस्कार प्रदान गरिएको थियो ।
प्रतियोगितामा प्रजापति पराजुली, सम्झना अधिकारी र सावित्री गिरीले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्यबहादुर खड्का विखर्चीले आजभोलि कर्म गर्ने संस्कारमा कमी आएको भन्दै रेडियो जननीले कर्म गर्दै उद्यमी बन्न सिकाएको बताए ।
कार्यक्रममा पोखरा १४ का वडाध्यक्ष बोधबहादुर कार्की, पोखरामहानगरपालिका वडा नं. १९ का महिला जनप्रतिनिधि दुर्गा बस्नेत र वडा नं. ८ का वडासचिव सविता ढुंगानाको विशेष उपस्थिति थियो ।
रेडियो जननीका अध्यक्ष हीरा भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा रेडियोका निवर्तमान अध्यक्ष सविता शेरचनले धन्यवाद ज्ञापन र रेडियोका कार्यक्रम संयोजक सबु पाठकले सञ्चालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
बुद्ध एयरको जहाज ‘ओभरसुट’
जाजरकोट भूकम्प असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी
गोरखामा मनाइयो मकै सुकाउने पर्व
सामाजिक सुरक्षा कोष : मालिक मजदुर दुवैको हित
७१ सहसचिव सरुवा हुँदा प्रदेश सचिव फेरिए
hero news full width
मुख्य समाचार
पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न अध्ययन समिति गठन
कांग्रेसका युवा नेता लोकेन्द्र कोइरालाकाे हृदयघातका कारण निधन
मंसिर १२, २०८०राजतन्त्र कुनै हालतमा फर्किंदैन: देउवा
मंसिर ११, २०८०पोखरामा आइटिएफ जे–३० टेनिस सुरु
मंसिर ११, २०८०एक्यापको मनोमानी कहिले हट्छ ?
मंसिर १०, २०८०भूकम्प प्रभावितका लागि अस्थायी संरचना निर्माणमा दलहरूको सक्रियता
मंसिर १०, २०८०