भजन चुड्कामा देवीस्थान भजन समूह प्रथम

आदर्श समाज सम्वाददाता
भाद्र २१, २०८०
radhakrishna (3)

लेखनाथ । श्रीकृष्ण जन्माष्टमी अवसरमा राधाकृष्ण सांस्कृतिक समूहद्वारा आठौं श्रीकृष्णजन्माष्टमी महोत्सव एवं खुला भजन चुड्का तथा झाँकी प्रदर्शनीमा देवीस्थान भजन समूह हेमजा प्रथम भएको छ ।

पोखरा–३२, लामेआहलस्थित मन्दिर परिसरमा आयोजित प्रतियोगितामा मातृकेश्वर भजन समूह हेमजा द्वितीय भयो । धर्मोदय भजन समूह पाल्पा तृतीय र पञ्चासे भजन समूह ठुलाचौर पोखरा सान्त्वना भए । प्रथम, द्वितीय, तृतीय र सान्त्वनाले क्रमशः ४५ हजार, द्वितीयले ३५ हजार, तृतीयले २५ हजार र सान्त्वनाले १५ हजार रुपैयाँ नगदसहित पुरस्कृत भए । प्रतियोगितामा २६ टिमले भाग लिएका थिए ।

राधाकृष्ण सांस्कृतिक समूह अध्यक्ष सञ्जयराज ढकालले कार्यक्रम अवसरमा नेवार, गुरुङ, मगर र गन्धर्व समुदायका कलाकारले जातजातिका संस्कृति झल्ने प्रस्तुति देखाएको बताए ।

प्रतियोगिता उद्घाटन गर्दै गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्यबहादुर खड्का बिखर्चीले कला संस्कृति जगेर्नाका लागि प्रतिष्ठानले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले धर्मकर्म संस्कृति हराइरहेका बेला समूहले मौलिकतायुक्त प्राचीन संस्कृतिको जगेर्ना गरेको आंैल्याउँदै लोकसंस्कृति, धर्म परम्परा जोगाउन हामी सबैको दायित्व भएको बताए ।

रुपा गाउँपालिका उपाध्यक्ष लालसुब्बा गुरुङले धर्म संस्कृति हाम्रा सम्पत्ति भएको संरक्षणमा जोड दिइन् ।

कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष बाबुराम गिरी, वडा ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारी, वडा ३२ का वडा सदस्य तीर्थबहादुर सुयाल, राधाकृष्ण मन्दिरका अध्यक्ष गणेश खत्री लगायतले धर्म र संस्कृतिका बारेमा बोलेका थिए ।

सहभागी प्रत्येक समूहलाई यातायात खर्चस्वरुप ५/५ हजार रुपैयाँ उपलब्ध गराइएको समूहका सचिव पुष्पराज शर्मा पौडेलले बताए । निर्णायक संयोजकमा भुलाप्रसाद भण्डारीको टिम थियो । कार्यक्रम सञ्चालन संस्थाका सहसचिव भरत थापा र सदस्य विनोद भण्डारीले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • पोखरामा पनि कोटीहोम हुने

    आदर्श समाज सम्वाददाता भाद्र १८, २०८१
    पोखरा । पोखराको धार्मिकस्थल ढुंगेसाँघु चिनाउन कोटी होम आयोजना गरिने भएको छ । आगामी मंसिरमा पोखरा १५, ढुंगेसाँघुमा शिव मन्दिर…
  • राधाकृष्ण मन्दिर शान्ति आश्रममा महाआरती

    आदर्श समाज सम्वाददाता भाद्र १५, २०८१
    पेखरा । पोखरा–३२, लामेआहालस्थित राधाकृष्ण मन्दिर शान्ति आश्रममा विश्वशान्तिको कामनासहित महाआरती गरिएको छ । राधाकृष्ण मन्दिर शान्ति आश्रम, राधाकृष्ण गुरुकुल…
  • श्रीमदवीतक चर्चा तथा श्रीकृष्ण कथा प्रवचन समापन

    आदर्श समाज सम्वाददाता भाद्र १४, २०८१
    पोखरा । श्रीकृष्ण प्राकाट्य महामहोत्सव आयोजनासँगै श्रीकृष्ण प्रणामी मन्दिर पोखरा ८ रत्नचोकमा जारी एकमहिने श्रीमदवीतक चर्चा तथा श्रीकृष्ण कथा प्रवचन…
  • विश्व हिन्दूको श्रीकृष्णजन्माष्टमी शोभायात्रा एवं प्रवचन

    आदर्श समाज सम्वाददाता भाद्र १३, २०८१
    पोखरा । विश्व हिन्दू महासंघ नेपाल जिल्ला कार्यसमिति, कास्कीको आयोजनामा श्रीकृष्णजन्माष्टमी शोभायात्रा एवं प्रवचन कार्यक्रम सम्पन्न भएको छ । ५२५१…
  • राष्ट्रपतिद्वारा भगवती जात्रा अवलोकन

    भोजराज भट्टराई भाद्र ११, २०८१
    पाल्पा । पाल्पा सदरमुकाम तानसेनमा मंगलबार २०५ औं भगवती रथयात्राको राष्ट्रपति रामचन्द्र पौडेलले अवलोकन गरेका छन्। प्रत्येक वर्ष भाद्र कृष्ण…

hero news full width