एसिया कपः भारतविरुद्ध नेपालको हार

आदर्श समाज सम्वाददाता
भाद्र १९, २०८०
image (1)

पोखरा । एसिया कप २०२३ अन्तर्गत नेपाल–भारतबीचको खेलमा भारतले शानदार जित हासिल गरेको छ । साथै १० विकेटले पराजित गर्दै नेपाललाई एसिया कपको होडबाट समेत पन्छायो ।

वर्षाले प्रभावित खेत डिएलएस मेथडअनुसार भारतलाई २३ ओभरमा १४५ रनको नयाँ लक्ष्य दिइएको थियो । जुन लक्ष्य भारतले २० दशमलब ओभरमा विना विकेटको क्षतिमा पार ग¥यो ।

भारतको जितमा रोहित शर्मा र शुभमन गिलले अर्धशतक प्रहार गरे । रोहितले नटआउट ७४ रन र गिलले नटआउट ६७ रन जोडे ।

त्यसअघि टस जितेको भारतले बलिङ रोजेपछि नेपाल ४८ दशमलब २ ओभरमा २३० रनमा अलआउट भएको थियो । नेपालका लागि ओपनिङ ब्याट्सम्यान आसिफ शेखले अर्धशतक प्रहार गरेर आउट भए । उनी ९७ बलमा ८ चौकाको मद्दतमा ५८ रन बनाएर आउट भएका थिए ।

अर्का ओपनर कुशल भुर्तेल ३८ रन बनाएर आउट भए । शार्दूल ठाकुरको बलमा दशौं ओभरको पाँचौ बलमा आउट हुनुअघि उनले २५ बलमा ३ चौका र २ छक्का हिर्काए । उनले आसिफ शेखसँग पहिलो विकेटका लागि ९ दशमलब ५ ओभरमा ६५ रनको साझेदारी गर्दै नेपाललाई राम्रो सुरुवात दिलाएका थिए।

भुर्तेलविरूद्ध पहिलो ओ‌भरमा श्रेयसले र चौथो ओभरमा इशान किसनले क्याच छाडेका थिए। यस्तै आसिफको क्याच दोस्रो ओभरमा विराट कोहलीले छाडेका थिए।

भुर्तेल आउट भएपछि भने नेपालले लगातार विकेट गुमायो। कप्तान रोहित पौडेल रवीन्द्र जडेजाको बलमा ५ रनमा आउट भए । कुशल मल्ल चौथो विकेटको रुपमा २ रनमै आउट भए । भीम सार्की ७ रनमा भारतका जडेजाको बलमा १६ ओ‌भरमा बोल्ड भए ।

छैटौं विकेटको रुपमा गुल्सन झा ३५ बलमा ३ चौकाको मद्दतमा २३ रन बनाएर आउट भए ।

दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीबीच सातौं विकेटका लागि ५० रनको साझेदारी गरे । दीपेन्द्रले हार्दिक पाण्ड्याको एलबिडब्लूको धरापमा पर्नुअघि २५ बलमा ३ चौकाको मद्दतमा २९ रनको योगदान गरेका थिए ।

आठौं विकेटको रूपमा आउट हुनुअघि सोमपाल कामीले उत्कृष्ट ब्याटिङ गरे । मोहमद सामीको बलमा ४७ दशमलब २ ओभरमा आउट हुनुअघि उनले ४८ रन जोडे । सोमपालले ५६ बलमा १ चौका र २ छक्का हिर्काए ।

सन्दीप लामिछाने ९ रनमा रनआउट भएका थिए भने अन्तिम विकेटको रुपमा ललित राजवंशी शून्यमा आउट भए । भारतका जडेजा र मोहमद सिराजले समान ३ विकेट लिए ।

एसिया कपको पहिलो खेलमा नेपाल यसअघि पाकिस्तानसँग पराजित भएको थियो ।

Related News

सम्बन्धित समाचार

  • अधिकारी सरकारको वैधताको टुंगो आज !

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा । गण्डकी प्रदेशमा खगराज अधिकारी नेतृत्व सरकारको वैधताको टुंगो सोमबार लाग्ने अपेक्षा गरिएको छ । मुख्यमन्त्रीमा अधिकारी नियुक्तपछि कांग्रेसका…
  • पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना

    आदर्श समाज सम्वाददाता वैशाख १७, २०८१
    पोखरा। पोखरा–५, मालेपाटनमा मध्यरातमा भएको सवारी दुर्घटनामा मानवीय क्षति भने टरेको छ । सिर्जनाचोकदेखि मालेपाटनतर्फ जाँदै गरेको बा ११ च ७७३५…
  • दुआथलनमा टमटा र खड्का विजयी

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा, १६ वैशाख । दुआथलनमा पुरुषतर्फ नेपालका हिमाल टमटा र महिलातर्फ मञ्जुकुमारी खड्का विजयी भएका छन् । नेपाल ट्रायथलन संघ…
  • स्पोर्टस् अवार्डलाई टाइगर ग्रुपको साथ

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । आठौं पोखरा स्पोर्टस् अवार्डमा टाइगर ग्रुप अफ पोखराले वर्ष उत्कृष्ट खेल संघसंस्था वा क्लबतर्फको पुरस्कार प्रायोजन गरेको छ…
  • बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    स्याङ्जा । गल्याङ् नगरपालिकामा स्थापित बुटवल पावर कम्पनी (बिपिसी) ले विद्युत महसुल बढाउने जानकारी गराउँदै स्याङ्जा सदरमुकाममा शनिबार सार्वजनिक सुनुवाई…

hero news full width