अग्रज वाम बुद्धिजीवी टेकनाथ बरालको निधन

आदर्श समाज सम्वाददाता
भाद्र १२, २०८०
teknath

पोखरा । मानवअधिकारकर्मी एवं पुराना वाम बुद्धिजीवी टेकनाथ बरालको निधन भएको छ । राष्ट्रिय सम्पदा तथा जनाधिकार संरक्षण समिति नेपालका संस्थापक अध्यक्ष बरालको मंगलबार उपचारका क्रममा निधन भएको हो । लामो समय शिक्षण पेसामा बिताएका उनी मानवअधिकारका क्षेत्रमा क्रियाशील थिए ।

८४ वर्षे बरालका पत्नी, १ छोरा र ३ छोरी छन् । स्वास्थ्यमा समस्या आएपछि उनी ५ दिनदेखि मनिपाल शिक्षण अस्पतालमा थिए । अहिले उनको शव नुवारथोकस्थित घरमै राखिएको छ । ५ बजेसम्म अन्तिम श्रद्धाञ्जलीका लागि घरमै राखिने भएको छ ।

राष्ट्रिय सम्पदा तथा जनाधिकारी संरक्षण समिति नेपालका अध्यक्ष सुनिल पाण्डेले सम्पदा संरक्षणको आन्दोलन, मानवअधिकारको क्षेत्र र राजनीतिक परिवर्तनको अगुवाई गर्ने १ अथक योद्धा हामीले गुमाएको बताएका छन् । उनले भनेका छन्, ‘यो पीडाको घडीमा हामी मर्माहत छौं र संस्थाको तर्फबाट परिवारजनमा समवेदना प्रकट गर्दछौं ।’

Related News

सम्बन्धित समाचार

hero news full width