पोखरामा धुमधाम मनाइयो ट्होँटे पर्व : हेर्नुहोस् तस्बिरमा

आदर्श समाज सम्वाददाता
श्रावण ३०, २०८०
_MG_9948

सबै तस्बिर : सञ्जय शाक्य

पोखरा । तमु (गुरुङ) समुदायले मनाउने मौलिक तथा सांस्कृतिक पर्व ट्होँटे पर्वका दिन मंगलबार पोखरामा  झाँकी सहितको  र्‍याली  निकालिएको छ।

हरेक वर्षको साउन र चैतको अन्तिम मंगलबार मनाउने यो पर्व मंगलबार पनि तुम धिं ले विविध कार्यक्रम गरी मनाएको छ । सोही कार्यक्रमका लागि तमु धिंको आग्रहमा शिक्षा विकास तथा समन्वय इकाइ, पोखरा कास्कीले जिल्लाका सबै जिल्लालाई बिदा दिन पत्र काटेको थियो ।

स्थानीय बिदाबाट कट्टी हुनेगरी बिदा दिन कास्कीका ५ वटै स्थानीय तहलाई बोधार्थसहित पत्राचार गरिएको शिक्षा विकास तथा समन्वय इकाइ कास्कीका प्रमुख लोकनाथ आचार्यले जानकारी दिए ।

उक्त पर्व वर्षमा उभौली र उधौली गरी दुई पटक मनाउने प्रचलन छ । पहिले गाउँ बस्ती, राज्य सुरक्षाका लागि खेल्दै आएको ट्होँटे अहिले गुरुङहरूको पहिचान स्थापित गर्न मनाइएको तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले बताए । उनकाअनुसार पोखरा ११ रानीपौवादेखि तमु धिंसम्म ¥याली गरिएको छ ।
¥यालीमा पोखरामा रहेको विभिन्न गुरुङ समाज सहभागी थिए । झाँकी¥यालीमा सहभागी समाजमध्ये प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई विशेष पुरस्कारको व्यवस्था गरिएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width