आज ट्होँटे पर्व, कास्कीका विद्यालय बिदा

आदर्श समाज सम्वाददाता
श्रावण ३०, २०८०
tohote 1

फाइल फाेटाे

पोखरा । तमु (गुरुङ) समुदायले मनाउने मौलिक तथा सांस्कृतिक पर्व ट्होँटे पर्वमा कास्कीका विद्यालयमा बिदा दिइएको छ ।

हरेक वर्षको साउन र चैतको अन्तिम मंगलबार मनाउने यो पर्व मंगलबार पनि तुम धिं ले विविध कार्यक्रम गरी मनाउँदै छ ।

सोही कार्यक्रमका लागि तमु धिंको आग्रहमा शिक्षा विकास तथा समन्वय इकाइ, पोखरा कास्कीले जिल्लाका सबै जिल्लालाई बिदा दिन पत्र काटेको छ । स्थानीय बिदाबाट कट्टी हुनेगरी बिदा दिन कास्कीका ५ वटै स्थानीय तहलाई बोधार्थसहित पत्राचार गरिएको शिक्षा विकास तथा समन्वय इकाइ कास्कीका प्रमुख लोकनाथ आचार्यले जानकारी दिए ।

उक्त पर्व वर्षमा उभौली र उधौली गरी दुई पटक मनाउने प्रचलन छ । पहिले गाउँ बस्ती, राज्य सुरक्षाका लागि खेल्दै आएको ट्होँटे अहिले गुरुङहरूको पहिचान स्थापित गर्न मनाउन लागिएको तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले बताए ।

उनकाअनुसार पोखरा ११ रानीपौवादेखि तमु धिंसम्म ¥याली आयोजना हुनेछ ।
उक्त ¥यालीमा पोखरामा रहेको विभिन्न गुरुङ समाज सहभागी हुने अध्यक्ष गुरुङले जानकारी दिए ।

झाँकीर्‍यालीमा सहभागी समाजमध्ये प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई विशेष पुरस्कारको व्यवस्था रहेको उनले सुनाए ।

Related News

सम्बन्धित समाचार

hero news full width