नेपाल शिक्षक संघ पोखरा महानगर महिला विभाग अध्यक्षमा शर्मिला बराल

आदर्श समाज सम्वाददाता
श्रावण १५, २०८०
Sikhshak-sangh-pokhara-final-

पोखरा । नेपाल शिक्षक संघ पोखरा महानगर महिला विभाग अध्यक्षमा शर्मिला बराल चयन भएकी छन् ।

पोखरामा शनिबार भएको भेलाले बरालको अध्यक्षतामा १८ सदस्यीय विभाग गठन गरिएको हो । विभागको उपाध्यक्षमा बन्दना खनाल, द्वितीय उपाध्यक्षमा शर्मिला आचार्य चयन भए  ।

कार्यक्रममा नवगठित महिला विभागका अध्यक्ष बरालले विभाग गठनको औचित्यमाथि प्रकाश पार्दै भावी कार्ययोजनाका बारेमा पारिन् ।

यसअघि नेपाल शिक्षक संघ पोखरा महानगरपालिकाले प्रशिक्षण कार्यक्रम गरेको थियो । कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङ, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारी र कुलदेवी बरालले प्रशिक्षण दिएका थिए ।

उनीहरुले महिला सशक्तीकरणरणमा सञ्चारको प्रभावकारिता तथा महिला विभाग गठनको औचित्यसम्बन्धी प्रस्तुति राखेका थिए ।

नेपाल शिक्षक संघका केन्द्रीय उपमहासचिव सिता थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य प्रकाश बराल, सरस्वती गुरुङ, नेपाल शिक्षक संक गण्डकी प्रदेश अध्यक्ष शिरोमणि लामिछाने, जिल्ला अध्यक्ष राजु क्षेत्री, निवर्तमान अध्यक्ष रमेश भट्टराई, प्रदेश उपमहासचिव टीकादेवी भण्डारी, सचिव तारानाथ भण्डारी, निवर्तमान महानगर अध्यक्ष भोलानाथ पौडेल, पोखरा महानगर अध्यक्ष किरणबाबु न्यौपानेलगायतले बोलेका थिए ।

नेपाल शिक्षक संघ पोखरा महानगरपालिका महिला उपाध्यक्ष शर्मिला बरालको अध्यक्षतामा भएको कार्यक्रममा महानगर उपाध्यक्ष इन्दिरा लामिछानेले स्वागत र सचिव जीतबहादुर खनालले सञ्चालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • मादल बजाउने तालिम

    आदर्श समाज सम्वाददाता जेठ २, २०८१
    गलेश्वर । म्याग्दी सदरमुकाम बेनीमा मादल बजाउन सिकाउने तालिम सुरु भएको छ । बेनी नगरपालिकाको आयोजनामा मङ्गलबारदेखि निर्माण व्यवसायी समितिको…
  • मकैको खोस्टाबाट फूल बनाउने तालिम

    आदर्श समाज सम्वाददाता वैशाख २९, २०८१
    लेखनाथ । पोखरा ३० मा सुकेको मकैका खोस्टाबाट फूल बनाउने तालिम दिइएको छ । दलित तथा जनजाति उत्थान एवंं विपन्न…
  • महिलाको लगानीमा सरफ उद्योग सञ्चालन   

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    तनहुँ ।  तनहुँको भीमाद नगरपालिका–६ का ३६ जना महिलाले सामूहिकरुपमा सरफ उद्योग सञ्चालन गरेका छन् । भीमादको मातृशिशु कल्याण आमासमूहमा…
  • किशोरीका लागि सीपमूलक शिक्षा

    आदर्श समाज सम्वाददाता चैत्र ३०, २०८०
    पोखरा । पोखरा २९ भण्डारढिकमा रहेको दीपशिखा सामुदायिक पुस्तकालय तथा दीपशिखा बहुउद्देश्यीय सामुदायिक सिकाइ केन्द्रको आयोजनामा किशोरीहरूका लागि २ दिने…
  • हजुरआमा बनेपछि एसइई दिँदै कांग्रेस नेत्री भुसाल   

    आदर्श समाज सम्वाददाता चैत्र १९, २०८०
    पर्वत ।  पढ्नका लागि उमेरले छेक्दो रहेनछ भन्ने उदाहरण पर्वतकी एक महिला नेतृले देखाउनुभएको छ । दक्षिणी पर्वतको बिहादी गाउँपालिका–४…

hero news full width