पर्वतमा चट्याङमा परेर ५ घाइते   

आदर्श समाज सम्वाददाता
श्रावण ५, २०८०
Lightning-1024×557

पर्वत  ।  पर्वतका दुई छुट्टाछुट्टै स्थानमा गएराति परेको चट्याङमा पाँच जना घाइते हुनाका साथै एक घरमा क्षति पुगेको छ । जिल्लाको फलेवास नगरपालिका–३ शङ्कर पोखरीस्थित टारीका दयाराम पङ्गालीको घरम चट्याङ पर्दा तीन जना घाइते भएका थिए । गए राति करिब १२ बजेको समयमा भीषण वर्षासँगैको चट्याङ परेर ३० वर्षीया शर्मिला रिजाल, २५ वर्षीय होमनाथ रिजाल र २७ वर्षीय नवीनप्रसाद रिजाल घाइते हुनुभएको थियो । उहाँहरुको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरी निरीक्षक प्रकाश रावतले जानकारी दिनुभयो । घाइतेहरूको अवस्था सामान्य रहेको छ । चट्याङले पङ्गालीको दुई तले घरको दुईवटा कोठामा पूर्ण क्षति पु¥याएको छ भने टिभी, मिटरबक्सलगायत विद्युतीय सामग्रीसमेत नष्ट भएका छन् ।

त्यसैगरी महाशिला गाउँपालिका–६ फलामखानीमा पनि चट्याङमा परी दुई जना घाइते भएका छन् । बिहीबार राति करिब १२ बजेको समयमा परेको चट्याङले स्थानीय ५० वर्षीया उमादेवी सुनार र उहाँकी छोरी ३० वर्षीया रेखा सुनार घाइते हुनुभएको वडाध्यक्ष गोविन्द विकले जानकारी दिनुभयो । उहाँहरुको खुट्टा र कानमा चोट लागेको र स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको उहाँको भनाइ थियो ।

चट्याङ लागेर फलामखानीको पात्ला र ढडेनका सात घरमा विद्युत्को मिटर बक्स जल्नाका साथै एक बाख्रोसमेत मरेको छ । क्षतिको विवरण सङ्कलन गर्ने काम भइरहेको वडाध्यक्ष विकले बताउनुभयो ।  रासस

Related News

सम्बन्धित समाचार

  • चितवनमा विद्यार्थी लिन हिँडेको बसमा पेट्रोल बम प्रहार

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    चितवन । भरतपुर महानगरपालिका–२० दद्राहानी पुलमा विद्यार्थी लिन हिँडेको बसमा पेट्रोल बम प्रहार गरिएको छ । आज बिहान स्मल हेभन…
  • आगलागीले सुन्तलाको बगैंचा सखाप

    आदर्श समाज सम्वाददाता वैशाख २७, २०८१
    स्याङ्जा । सुन्तलाखेतीको पकेट क्षेत्रमा भएको आगलानीले सवा करोड मूल्य बराबरको क्षति पुगेको बताइएकोे छ । हालैको आगलागीले पुतलीबजार ११…
  • चट्याङ लागेर एकजनाकोे मृत्यु   

    आदर्श समाज सम्वाददाता वैशाख २५, २०८१
    गलकोट । ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । सोमबार राति परेको चट्याङले ढोरपाटन नगरपालिका–३ पुर्कोटका ५६ वर्षीय कुमबहादुर…
  • पौडी खेल्दा डुबेर पोखरामा २ बालकको मृत्यु

    आदर्श समाज सम्वाददाता वैशाख २३, २०८१
    पोखरा । पौडी खेल्ने क्रममा डुबेर पोखरामा एकै दिन २ जना बालकको ज्यान गएको छ । हर्पन खोला र फुस्रेखोलामा गरी…
  • कागबेनीमा कलेजको बस दुर्घटना, २१ घाइते   

    आदर्श समाज सम्वाददाता वैशाख १८, २०८१
    म्याग्दी । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । काठमाडौँबाट कलेजका विद्यार्थी लिएर…

hero news full width