अमरसिंह मावि व्यवस्थापन समिति अध्यक्षमा कृष्णप्रसाद कोइराला

आदर्श समाज सम्वाददाता
असार २३, २०८०
krishna koirala

पोखरा । पोखराको अमरसिंह मावि व्यवस्थापन समिति अध्यक्षमा कृष्णप्रसाद कोइराला निर्वाचित भएका छन् ।

सदस्यमा गोविन्दप्रसाद घिमिरे, बलराम ढुंगाना, धनमाया गुरुङ, इन्द्रबहादुर गुरुङ, प्रेम गौतम, शिक्षक अभिभावक संघ अध्यक्ष साेमनाथ पौडेल चयन भएका हुन् । सदस्यसचिव विद्यालयका प्रधानाध्यापक तेजस्वी बराल छन् ।

सबैको आकर्षणको केन्द्र रहेकोले धेरै आकांक्षी हुँदा २ कार्यकालसम्म नेतृत्व आउन सकेको थिएन । साविक वडाध्यक्ष रामबहादुर कार्कीले जिम्मेवारीले लिँदै आएका थिए । विद्यालय व्यवस्थापन समितिको शुक्रबार बैठकले पोखरा १२, पुरानोधारा निवासी सामाजिक व्यक्तित्व कोइरालालाई सर्वसम्मत्न नेतृत्व सुम्पेको हो ।

विद्यालय व्यवस्थापनतर्फ नदीपुरस्थित बाल मन्दिर व्यवस्थापन समितिमा सदस्य भई अनुभव सँगालेका उनी पुरानोधारास्थित आदर्श समाज (सामाजिक संस्था) का पूर्व अध्यक्ष एवं सल्लाहकार हुन् । हाल उनी पुरानोधारा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष छन् ।

यस्तै, नेपाली कांग्रेस क्षेत्र १(क) प्रदेश सभापति उनी विभिन्न सामाजिक संस्थामा आबद्ध छन् । उनी तुलसीघाट शिव मन्दिर व्यवस्थापन समिति काेषाध्यक्ष, पोखरा १२ कै आदर्श टोल कस्तुरीमार्गका अध्यक्ष, एमनेष्टी इन्टरनेशनल नेपाल कास्कीका पूर्व सदस्य, लायन्स क्लब डिष्ट्रिक्टका डिपार्टमेन्ट चिफ, रेडक्रस सोसाइटी इकाइ समितिका पूर्व सदस्य, नेपाल बाल संगठन कास्कीका निवर्तमान अध्यक्ष हुन् । विभिन्न बाटोघाटो पुल निर्माणमा पनि उनको सक्रिय योगदान छ ।

आफ्नो कार्यकालमा सबैको सल्लाह सुझावअनुसार विद्यालयको गुणस्तर तथा भौतिक प्रगतिमा भरमग्दुर प्रयास गर्ने उनको प्रतिबद्धता छ । कोइराला अमरसिंहकै पूर्व विद्यार्थी पनि हुन् ।

नेपालकै नमुना विद्यालय घोषित भएको अमरसिंहमा कक्षा १ देखि १२ सम्म करिब ३ हजार विद्यार्थी पढ्छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width