एकीकृत समाजवादी पाल्पा अध्यक्ष खिमानन्दको निधन

आदर्श समाज सम्वाददाता
असार २३, २०८०
358523373_6753483124684502_4120372403910607971_n

पोखरा । नेकपा (एकिकृत समाजवादी) पाल्पा अध्यक्ष खिमानन्द पाण्डेय (कमल) को निधन भएको छ । गएराति हृदयघातको कारण उनको निधन भएको हो । उनी ५२ वर्षका थिए ।

बगनासकाली गाउँपालिका १ पिप्ले निवासी उनी खेतमा काम गरिरहेको अवस्थामा एक्कासि छाती दुख्यो भनेपछि तत्काल लुम्बिनी मेडिकल कलेज प्रभास पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन् ।

समाजवादी प्रेस संगठन पाल्पाका अध्यक्ष पदम गैरेले अनुसार स्व. पाण्डेको पार्थिव शरीर शनिबार तानसेनस्थित टुँडिखेलमा श्रद्धाञ्जलीका लागि राखिने छ । र, शनिबार नै राम्दी घाटमा अन्त्येष्टि गरिने छ । उनका माहिला छोराको गत वर्ष हृदयघातकै कारण मृत्यु भएको थियो ।

समाजवादी प्रवेशअघि उनी एमाले पाल्पाका उपसचिव थिए । उनका श्रीमती र २ छोरा छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width