गण्डकी प्रदेशस्तरीय महिला भलिबलमा स्याङ्जा, पर्वत, म्याग्दी र बागलुङ सेमीमा

आदर्श समाज सम्वाददाता
असार १५, २०८०
volleybal

पोखरा । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा प्रदेश भलिबल संघ गण्डकीको व्यवस्थापनमा पोखरा रंगशालामा जारी गण्डकी प्रदेशस्तरीय महिला भलिबलमा सेमिफाइनल समीकरण पूरा भएको छ ।

प्रतियोगिताको दोस्रो दिन शुक्रबारको खेल जित्दै स्याङ्जा, पर्वत, म्याग्दी र बागलुङ सेमीफाइनलमा प्रवेश गरेको प्रदेश भलिबल संघका उपाध्यक्ष हरि श्रेष्ठले बताए ।

म्याग्दीले मनाङलाई २५–२, २५–१८ को सोझो सेटमा पाखा लगाउँदै सेमीफाइलको यात्रा तय गरेको छ । उपाधि नजिक पुग्न म्याग्दीले बागलुङको सामना गर्ने भएको छ । बागलुङले गोरखालाई २५–१७, २५–२२ ले पराजित गर्दै म्याग्दीसँग अन्तिम चारमा भेट पक्का गरेको रेफ्री टुकबहादुर गुरुङले बताए ।

यस्तै, स्याङ्जाले कास्कीलाई र पर्वतले तनहुँलाई पराजित गर्न सफल भए । स्याङ्जाले कास्कीलाई २५–२१, २५–१९ र पर्वतले तनहुँलाई २५–१२, २५–१३ ले हराएको हो ।

उपाधि विजेता टिमले नगद १ लाख, उपविजेताले ७० हजार र तृतीयले ४० हजार साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छन् । उत्कृष्ट खेलाडी, स्पाइकर र सेटरलाई जनही ५ हजार दिइनेछ । प्रतियोगितामा गण्डकीका ११ वटै जिल्लाले भाग लिएका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width