विश्वकप छनोटः नेदरल्यान्ड्ससँग पराजित हुँदै समूह चरणबाटै बाहिरियो नेपाल

आदर्श समाज सम्वाददाता
असार ९, २०८०
Nepal-vs-Netherlands

पोखरा ।  आइसिसी एकदिवसीय विश्वकप छनोटमा नेपाल समूहचरणबाटै बाहिरिएको छ। शनिबार भएको खेलमा नेपाल नेदरल्यान्डलाई जित्नैपर्ने दबाबमा रहेको खेलमा ७ विकेटले पराजित भएसँगै विश्वकप छनोटको ‘सुपर सिक्स’मा पुग्न असफल भयो।

नेपाल पराजित भएसँगै समूहको शीर्ष तीन समीकरण पूरा भएको छ। सुपर सिक्समा पुग्ने टोलीमा समूह ‘ए’बाट जिम्बाब्वे, वेस्टइन्डिज र नेदरल्यान्ड्स रहे। नेपाल र अमेरिका भने समूहचरणबाटै बाहिरिए।

आफ्नो अन्तिम खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गर्दै खराब प्रदर्शन गरेको थियो। नेपालका लागि कुनै पनि ब्याटरले गतिलो प्रदर्शन गर्न नसक्दा ४४।३ ओभरमा १६७ रनमात्र बनाउन सकेको थियो। जवाफमा उक्त लक्ष्य नेदरल्यान्डसले २७ ओभरमा नै ३ विकेट गुमाएर पूरा गरेको थियो।

नेदरल्यान्ड्सका लागि म्याक्स ओडावडले सर्वाधिक ९० रनको इनिङ खेल्दा बिक्रमजित सिंहले ३० रन बनाए। त्यस्तै, बास डे लिडले ४१ रनको अविजित इनिङ खेले। नेपालका लागि सन्दीप लामिछानेले दुई विकेट लिँदा गुल्शन झाका नाममा एक विकेट रह्यो।

त्यसअघि पहिले ब्याटिङ गरेको नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३३ रन बनाउँदा कुशल भुर्तेलले २७ रन बनाए। त्यस्तै, भिम सार्कीले २२ रन बनाउँदा कुशल मल्ल १२ रनमा आउट भए। थप दोहोरो स्कोरका रुपमा दीपेन्द्र सिंह ऐरीको १४ रन बनाउँदा गुल्शन झा १५ रनमा आउट भए। त्यस्तै, सन्दीप लामिछाने २७ रनमा आउट भए।

नेदरल्यान्ड्सका लागि लोगन भान बेकले ४ विकेट लिँदा बिक्रम जित सिंह र बास दि लिडले समान २–२ विकेट लिए। त्यस्तै, क्लेटन फ्लोइड र अर्यान दत्तले समान १–१ विकेट लिएका थिए।

Related News

सम्बन्धित समाचार

  • दुआथलनमा टमटा र खड्का विजयी

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा, १६ वैशाख । दुआथलनमा पुरुषतर्फ नेपालका हिमाल टमटा र महिलातर्फ मञ्जुकुमारी खड्का विजयी भएका छन् । नेपाल ट्रायथलन संघ…
  • स्पोर्टस् अवार्डलाई टाइगर ग्रुपको साथ

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । आठौं पोखरा स्पोर्टस् अवार्डमा टाइगर ग्रुप अफ पोखराले वर्ष उत्कृष्ट खेल संघसंस्था वा क्लबतर्फको पुरस्कार प्रायोजन गरेको छ…
  • बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    स्याङ्जा । गल्याङ् नगरपालिकामा स्थापित बुटवल पावर कम्पनी (बिपिसी) ले विद्युत महसुल बढाउने जानकारी गराउँदै स्याङ्जा सदरमुकाममा शनिबार सार्वजनिक सुनुवाई…
  • क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा। क्षत्री समाज नेपाल केन्द्रीय समितिको चौंथो राष्ट्रिय महाधिवेशनले पोखराका रिवबहादुर थापाको अध्यक्षतामा शनिबार ४१ सदस्यीय कार्यसमिति सर्वसम्मत् निर्वाचित गरेको…
  • यस्तो छ लगानी सम्मेलनको कार्यतालिका   

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    काठमाडौं । आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनको पहिलो दिन उद्घाटन सत्रका साथै सम्मेलनमा सहभागी अतिथिलाई सम्मान र विभिन्न सत्रहरु…

hero news full width