नक्कली सुन देखाई गहना लुट्ने पक्राउ

आदर्श समाज सम्वाददाता
असार १, २०८०
police

पोखरा । नक्कल सुन देखाई गहना लुटेको आरोपमा कास्की प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुलीको दुधौली १० कोगटीका ३३ वर्षीय बिमल तामाङ र हेटौंटा उपमहानगरपालिका २ का ४१ वर्षीय सन्तोष मगर हुन् ।
उनीहरुले गत ५ जेठमा पोखराको अमरसिंहको नागिनटोल शिवमन्दिर मानिसलाई नक्कली सुन देखाई सुनका गरगहना लुट्ने र नगद समेत ठगी गरी फरार रहेको सूचना आधारमा प्रहरीले खोजी सुरु गरेको थियो ।

यसैक्रममा ३२ जेठमा जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पोखरा २६, अर्घौचोकबाट नियन्त्रणमा लिएको हो । प्रहरीले उनीहरुको साथबाट सुन जस्तो देखिने पहेंलो रंगको धातु ३ थान, विभिन्न कम्पनीका मोबाइल ३ थान र ५ हजार ४ सय नगद बरामद गरेको जनाएको छ । उनीहरुलाई जिल्ला अदालतबाट ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभसम्बन्धी कसुरमा १० दिनको म्याद थपी अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकले जनाए ।

Related News

सम्बन्धित समाचार

hero news full width