ड्यामसाइडस्थित राधाकृष्ण मन्दिर सञ्चालक समिति अध्यक्षमा हेमन्त अधिकारी

आदर्श समाज सम्वाददाता
जेठ ३०, २०८०
radhakrishna temple

पोखरा । पोखरा १७ ड्यामसाइडस्थित राधाकृष्ण मन्दिर सञ्चालक समितिको नयाँ कार्यसमिति अध्यक्षमा हेमन्त अधिकारी सर्वसम्मत चयन भएका छन् । दिग्दर्शक वाचक शिरोमणि पं.दीपक सापकोटाको प्रमुख आतिथ्यमा भएको साधारणसभाले अधिकारीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

समिति उपाध्यक्षमा कृष्णप्रसाद पौडेल, सचिव रमेशराज पौडेल, कोषाध्यक्ष देवीलाल अधिकारी, सहसचिव कल्पना श्रेष्ठ, सहकोषाध्यक्ष लक्ष्मण अधिकारी छन् । सदस्यमा गौरवराज भण्डारी, लेखनाथ तिवारी, शिवजी बराल, मुक्ति अधिकारी, कृष्ण अधिकारी, बलराम भट्टराई र डिल्लीराम सिग्देल चयन भए । यस्तै, अधिवक्ता रघुनाथ अधिकारीको अध्यक्षतामा ९ सदस्यीय गुठीयारहरुको प्रबन्धक समिति चयन गरेको छ । निर्वाचन कमिटी संयोजक अधिवक्ता रघुनाथ अधिकारीले निर्वाचित पदाधिकारीलाई पद तथा गोपनीयताको सपथ खुवाए ।

साधारणसभाले सल्लाहकारमा अधिवक्ता रघुनाथ अधिकारी, दिग्दर्शक वाचक शिरोमणि पण्डित, दीपक सापकोटा, रामबहादुर रोका, रामबहादुर ढकाल, लीलबहादुर गुरुङ, टुवराज बास्तोला, महेन्द्र श्रेष्ठ छन् ।
कार्यक्रम ज्येष्ठ नागरिक लीलबहादुर गुरुङको अध्यक्षतामा भएको हो ।

२००० सालमा राधाकृष्ण देवताको रुपमा स्थापित मन्दिर २०२९ सालमा राधाकृष्ण मन्दिरको रुपमा निर्माण भएको हो । यो मन्दिर पोखराकै सबैभन्दा पुरानो र ऐतिहासिक मन्दिर मानिन्छ ।

Related News

सम्बन्धित समाचार

hero news full width