पोखरा । स्याङ्जा फेदीखोलास्थित सिद्धार्थ माध्यमिक विद्यालयको प्राङ्गण । छेवैमा हलो, जुवा, खोप (लिड्को) को नमुना । नजिकै रजिना र शिलशिला मिजार । यी २ साथी हलोजुवामा लेखेर टाँसिएको अक्षर पढ्दै थिए । त्यहाँ लेखिएको थियो, हरिस, अनौ, ठेडी, सोइला, जोतारो, नारा । हलो, जुवा भनेर मात्र देखेका उनीहरु त्यसमा प्रयोग सामानको नाम पढेर उत्सुक हुँदै शिक्षकसँग भलाकुसारी गर्दै थिए । यो दृश्य, फेदीखोला गाउँपालिकाले आयोजना गरेको शैक्षिक प्रदर्शनीको हो ।
घरमा देखिरहेको हलोजुवामा प्रयोग हुने सामानको नाम प्रदर्शनीमार्फत जान्न पाउँदा रजिना र शिलशिला मिजार निकै खुसी थिए । ‘हलो, जुवा, लिड्को भनेर मात्र सुनको हो यस्तो हुन्छ भनेर थाहा थिएन,’ शिलशिलाले भनिन्, ‘अहिले सरहरुसँग सोधेर जानियो । अब भोलिबाट भुल्ने होला नि ?’ उनीहरुको भनाइको तात्पर्य शैक्षिक मेला समय समयमा होस् भन्ने हो । ‘यस्तै काम अरु स्कुलमा भयो भने धेरैले जानकारी पाउन सक्छन् । हामीले धेरै कुरा थाहा पायौं,’ रजिनाले भनिन्, ‘धेरै स्कुलका साथीहरु पनि जम्मा हुँदा रमाइलो पनि हुन्छ नि ।’
देउराली आधारभूत विद्यालयका शिक्षक धनबहादुर केसीले गाउँपालिकाको स्थानीय पाठ्यक्रम अनुसार हलो, जुवा, डोको जस्ता पुराना सामान प्रदर्शनमा राखेको बताए । शैक्षिक प्रदर्शनीले विद्यार्थीमा सिकाइ उपलब्धि हुने उनको विश्वास छ । ‘कतिपय विद्यालयमा बिनाशैक्षिक सामग्री पठनपाठन हुँदा सिकाइ उपलब्धि पूरा हुँदैन,’ उनले भने, ‘यसरी प्रत्यक्ष शैक्षिक सामग्री देख्न, छुन पाएपछि शिक्षण सिकाइ प्रक्रियामा मद्दत दिन्छ ।’
विद्यार्थीमा पढाइप्रति रुचि र सिकाइ उपलब्धि बढाउन शैक्षिक सामग्रीको प्रदर्शनी
विद्यार्थीमा पढाइप्रति रुचि र सिकाइ उपलब्धि बढाउन शैक्षिक सामग्रीको प्रदर्शनी गरिएको शिक्षक नारायणप्रसाद शर्माले बताए । गाउँपालिकाले स्थानीय पाठ्यक्रम ‘हाम्रो फेदीखोला’ पढाउन सुरु गरेदेखि विद्यार्थी आफँैले शैक्षिक सामग्री निर्णाण गर्न थालेको त्यसमा आफूहरुले सहयोग गरेको शर्माले सुनाए । उनका अनुसार शिक्षक र विद्यार्थी मिलेर कक्षाकोठामा पाठको सन्दर्शअनुसारका सहयोगी शैक्षिक सामग्री तयार गर्छन् । यसले शिक्षक र विद्यार्थी दुवैमा सिर्जनशीलताको विकास गराएको उनको भनाइ थियो । विद्यार्थीसँग मिलेर निर्माण गरेका सामग्री प्रदर्शनस्थल सिद्धार्थ माविमा प्रदर्शन गरिएको उनले बताए ।
देउराली आधारभूत विद्यालयले जस्तै अरु १६ विद्यालयले पनि सो प्रदर्शनीमा स्टल राखेका थिए । फेदीखोला गाउँपालिकाको आयोजनामा भएको सप्ताहव्यापी शैक्षिक गतिविधिअन्तर्गत सोमबार र मंगलबार शैक्षिक सामग्री प्रदर्शनी भएको हो । गाउँपालिकाले पालिकाभित्रका १७ विद्यालय समेटेर सप्ताहव्यापी कार्यक्रम भइरहेको फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिए ।
शैक्षिक प्रदर्शनीमा विद्यालयहरुले फरक–फरक सामग्री प्रदर्शनमा राखेका थिए । शिक्षण सिकाइ प्रक्रियामा आवश्यक डोको, नाम्लो, हलो, जुवा, विज्ञानका सामग्री, गणितका सामग्री राखिएको थियो । प्रदर्शनीमा सबै विद्यालयका ३ हजार विद्यार्थी सहभागी भएको गाउँपालिका अध्यक्ष सुवेदीले बताए । गाउँपालिकाको २० वर्षे रणनीतिक योजनाअन्तर्गत नै कार्यक्रम गरिएको उनले सुनाए । ‘गाउँपालिकाको २० वर्षे रणनीतिक योजना बनाएको छ । त्यसमा पालिको शिक्षाको अवस्था के हुने भनेर शिक्षासँग सम्बन्धित सबैको सुझावअनुसार भएको हो,’ उनले भने, ‘यसअन्तर्गत विभिन्न कामहरु अघि बढ्दै छन् ।’
सप्ताहव्यापी शैक्षिक कार्यक्रमअन्तर्गत ३ दिन खेलकुद गतिविधि, २ दिन शैक्षिक प्रदर्शनीसँगै विषयकेन्द्रित छलफल, अनुभव आदानप्रदान कार्यक्रम गरिएको अध्यक्ष सुवेदीले बताए । कार्यक्रममा उठान भएका विषयले आगामी वर्षको बजेट निर्माणमा पनि सहयोग पुग्ने उनको भनाइ छ । उनले भने, ‘गाउँपालिकाको झण्डै ४० प्रतिशत बजेट प्रत्येक वर्षजस्तो बजेट छुट्याइरहेका छौं । यसबाट आउने आउटपुट राम्रो होस् भनेर यो समापनसँगै कार्यक्रमबाट निस्किएका निचोडलाई घोषणापत्ररुपमा जारी गर्नेछौं ।’
गाउँपालिकाले विद्यार्थीलाई उद्यमशील बनाएर कृषिमा जोड्न जग्गा दिनेसम्मको योजना तयार गरेको उनले जानकारी दिए । ‘फेदीखोलामा शिक्षाबाट रुपान्तरणको लक्ष्य प्राप्ति गर्ने गरी कार्यक्रम अघि बढिरहेको छ,’ उनले भने ।
Related News
सम्बन्धित समाचार
अक्सफोर्ड स्कुलमा अभिभावक भेला
राधाकृष्ण गुरुकुल संस्कृत विद्यालयका विद्यार्थीलाई पोसाक, सल्लाहकारलाई सम्मान
एसओएस गण्डकीमा वार्षिक पुरस्कार वितरण
बालोदयमा विद्यार्थीको चुनाव
कास्की मोडनाइज्डमा स्वागत
hero news full width
मुख्य समाचार
गण्डकीमा विपतका १० महिना : ११७ जनाको मृत्यु, १०९ घाइते
प्राथमिकता एकातिर, चिर्कटोका भरमा योजना
जेठ १३, २०८०फल इन लभ नै किन ?
जेठ १३, २०८०नेपाली युवा उद्यमी मञ्च पोखरामा निरन केसी
जेठ १३, २०८०संघीयताबारे अहिले नै सफल असफल भनेर मूल्यांकन गर्ने बेला भएको छैन: प्रथम राष्ट्रपति डा यादव
जेठ १३, २०८०रोकिएला त फेवाको सिमसार क्षेत्र पुर्ने काम ?
जेठ १३, २०८०