डायमन्ड माविको वार्षिकोत्सव

आदर्श समाज सम्वाददाता
फागुन १३, २०७९
Diamond Ma Vi News

लेखनाथ । गण्डकी विश्वविद्यालयका कुलपति प्राडा गणेशमान गुरुङले विद्यार्थीलाई किताबी ज्ञानका अलावा व्यावहारिक र अन्तर्राष्ट्रिय मापदण्डको प्रयोगात्मक शिक्षा अपरिहार्य भएको बताएका छन् ।

डायमन्ड मावि, तालचोकको ३५ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै कुलपति प्राडा गुरुङले त्यस्तो बताएका हुन् । उनले आफ्नो कुशलता देखाउने, योग्यता प्रदर्शन गर्ने, विचार प्रस्तुत गर्ने नागरिक उत्पादनबाट शिक्षा क्षेत्र अघि बढ्नुपर्नेमा जोड दिए ।

पोखरा महानगरपालिका शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख नारायण सुवेदीले अहिलेको युग विज्ञान प्रविधिको युग भएकोले विद्यार्थीले त्यसको सदुपयोग गर्नुपर्ने बताए ।
कार्यक्रममा शिक्षक यमबहादुर रोकाले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरे । विद्यालयमा १० वर्ष भन्दा बढी सेवा गरेका शिक्षक–शिक्षिकाहरु महेश्वर पण्डित, बुद्धिसागर अधिकारी, विकास लामिछाने, सम्झना लामिछाने, अनुराधा पौडेल, सम्झना सुवेदी, विनोद थापा, केदार अधिकारी, पवित्रा अधिकारीलाई दीर्घसेवा पदकबाट सम्मानित गरिएको थियो ।
पछिल्लो ३ वर्षमा एसइई र प्लस टुतर्फ उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।

विद्यालय परिसरमा २ दिनसम्म आयोजित कार्यक्रममा शैक्षिक प्रदर्शनी, फुड फेस्टिभलदेखि मनोरञ्जनात्मक एवं सांस्कृतिक कार्यक्रम भएका थिए । विद्यालय निर्देशक माधवशरण उपाध्यायले विद्यालयले कक्षा ११ र १२ मा ३ वर्षदेखि होटल म्यानेजमेन्ट पनि पढाउँदै आएको र वार्षिक कार्यक्रम अनुसार नै फुड फेस्ट आयोजना गरेकोे बताए । कार्यक्रममा व्यवस्थापक हरिप्रसाद लामिछानेले स्वागत र शिक्षक नारायण पराजुलीले संचलान गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • स्टेप बाई स्टेप माविमा सर्कलहरू पुनर्गठन

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । स्टेप बाई स्टेप मावि मासबार, पोखरामा युवा रेडक्रस सर्कल, क्वालिटी सर्कल र ग्रो सर्कल पुनर्गठन गरिएको छ ।…
  • नेसनल क्रियसनमा निर्वाचन

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । पोखरा ८ नागढुंगास्थित नेसनल क्रियसन एकेडेमीमा विद्यार्थीले निर्वाचनमार्फत् स्कुल क्याप्टेन, भाइस क्याप्टेन र प्रिफेक्टर चयन गरेका छन् ।…
  • विन्ध्येश्वरी आदर्शमा चित्रकला

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा कक्षा २ देखि कक्षा १० सम्म चित्रकला प्रतियोगिता सम्पन्न गरियो । कार्यक्रममा आधारभूत जुनियर…
  • बालोदयमा विद्यार्थी क्लबका लागि निर्वाचन

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । बालोदय माध्यमिक विद्यालय, बिरौटामा विद्यार्थी क्लब गठनका लागि निर्वाचन भएको छ । बालोदय सांस्कृतिक क्लब, बालोदय सूचना तथा…
  • डिज्नील्यान्डमा चुनाव सिकाउन मतदान

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । पोखरा ७, मासबारस्थित डिज्नील्यान्ड एकेडेमीमा जुनियर रेडक्रस सर्कल र बाल क्लबको नयाँ नेतृत्व चयन भएको छ । आइतबार…

hero news full width