पोखरा कलेज अफ म्यानेजमेन्टमा ग्रेजुएसन समारोह

आदर्श समाज सम्वाददाता
फागुन १०, २०७९
pu training

पोखरा । पोखरा कलेज अफ म्यानेजमेन्टले स्नातक तह उत्तीर्ण विद्यार्थीको सम्मानमा मंगलबार ग्रेजुएसन समारोह गरेको छ ।

बिबिए र बिसिआइएस कार्यक्रमका ७८ विद्यार्थीलाई दीक्षित गरिएको कलेजका बिबिए कार्यक्रम संयोजक सरोज कुँवरले बताए । कार्यक्रममा पोखरा विश्वविद्यालय व्यवस्थापन संकायका डिन डा. दयाराज ढकालले विश्वविद्यालय र कलेजले प्रदान गरेको शिक्षालाई विद्यार्थीहरुले समाजको हितमा प्रयोग गर्नुपर्नेमा जोड दिए । समाजमा सबैले सम्झनालायक काम गरेर जीवन बिताउनुपर्ने समेत डिन ढकालले बताए । दीक्षित विद्यार्थीलाई डिन ढकालले कार्यक्षेत्रमा कर्तव्यनिष्ठ भएर विश्वविद्यालय र कलेजको शिर उँचो बनाउने सपथ ग्रहण समेत गराए ।

कार्यक्रममा पोखरा विश्वविद्यालयका परीक्ष नियन्त्रक डा. तुलसीराम भण्डारी, प्राडा विनायकप्रसाद भद्रा, कलेजका प्राचार्य डा. चैतन्यराज अधिकारी र उपप्राचार्य लिना नेगी श्रेष्ठलगायतले विद्यार्थीलाई व्यावसायिक तथा पेसागत जीवनको सफलताको कामना व्यक्त गरे ।

कलेज व्यवस्थापन समितिका कावा कोमलप्रसाद तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा विद्यार्थी र तिनका अभिभावक तथा शिक्षकको सहभागिता थियो । पोखरा विश्वविद्यालयको सम्बन्धन प्राप्त गरी २०५८ मा स्थापित कलेजले हाल स्नातक तहमा बिबिए र बिसिआइएस (आइटी) कार्यक्रमको अध्यापन गराउँदै आएको बिसिआइएस कार्यक्रम संयोजक इ. हरिप्रसाद बरालले बताए ।

Related News

सम्बन्धित समाचार

  • स्टेप बाई स्टेप माविमा सर्कलहरू पुनर्गठन

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । स्टेप बाई स्टेप मावि मासबार, पोखरामा युवा रेडक्रस सर्कल, क्वालिटी सर्कल र ग्रो सर्कल पुनर्गठन गरिएको छ ।…
  • नेसनल क्रियसनमा निर्वाचन

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । पोखरा ८ नागढुंगास्थित नेसनल क्रियसन एकेडेमीमा विद्यार्थीले निर्वाचनमार्फत् स्कुल क्याप्टेन, भाइस क्याप्टेन र प्रिफेक्टर चयन गरेका छन् ।…
  • विन्ध्येश्वरी आदर्शमा चित्रकला

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा कक्षा २ देखि कक्षा १० सम्म चित्रकला प्रतियोगिता सम्पन्न गरियो । कार्यक्रममा आधारभूत जुनियर…
  • बालोदयमा विद्यार्थी क्लबका लागि निर्वाचन

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । बालोदय माध्यमिक विद्यालय, बिरौटामा विद्यार्थी क्लब गठनका लागि निर्वाचन भएको छ । बालोदय सांस्कृतिक क्लब, बालोदय सूचना तथा…
  • डिज्नील्यान्डमा चुनाव सिकाउन मतदान

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । पोखरा ७, मासबारस्थित डिज्नील्यान्ड एकेडेमीमा जुनियर रेडक्रस सर्कल र बाल क्लबको नयाँ नेतृत्व चयन भएको छ । आइतबार…

hero news full width