पोखराका व्यवसायी वलराम गौतम वीरगन्जमा मृत भेटिए

आदर्श समाज सम्वाददाता
माघ २९, २०७९
balaram

पोखरा । महिना दिनदेखि घरबाट सम्पर्कविहीन भएका पोखराका व्यवसायी वलराम गौतम वीरगन्जमा मृतावस्थामा भेटिएका छन् । माघ २ गते घरबाट निस्केका उनी शनिबार बिहान वीरगन्ज मृतावस्थामा भेटिएका हुन् ।

गौतममै केही दिन पहिला आफन्तलाई म्यासेज लेखेर आफू भारत रहेको जानकारी गराएका थिए । शनिबार बिहान साढे ५ बजेतिर वीरगन्ज बसपार्कसँगैको पार्कमा उनी आएको सिसिटिभी फुटेजबाट देखिएको छ । ओहोरदोहोर गरेपछि कुर्सीमा बसेर चिया पिएको देखिएको र त्यसलत्तै बसेकै ठाउँमा उनको टाउको झुकेको देखिएकाले हृदयाघातको अनुमान गरिएको छ ।

उनको शव पोस्टमार्टम गरेर शनिबार राति नै पोखरा ल्याइएको छ । अहिले तुलसीघाटमा उनको अन्त्येष्ठी गर्न लागिएको छ । सहकारी संघ पोखराका अध्यक्ष समेत रहेका गौतम नेकपा एमाले गण्डकी प्रदेश सदस्य हुन् । विशाल बजारमा उनको पसल छ । अलि पहिला उनी पृथ्वीनारायण क्याम्पसमा प्राध्यापन पनि गर्थे ।
उनकी पत्नी गीता र ३ छोरी छन् । कास्कीको पुरनचौरका गौतमको हालको बसाइ पोखराकै गैरापाटनमा थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width