मानव सेवा आश्रमको महायज्ञमा साढे ४ करोड संकलन

आदर्श समाज सम्वाददाता
माघ २५, २०७९
mahayaga progrem photo

हेमजा । हेमजा बाबियातरास्थित मानव सेवा आश्रमको निर्माणाधीन भवनको पूर्णताका लागि जारी श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञ अन्त्यतिर आउँदा दाताहरु ह्वात्तै बढेका छन् । बुधबार मात्रै ५२ लाख ९ हजार रुपैयाँ नगदसहित २ करोड ८५ लाख बराबरको सहयोग जुटेको छ । यज्ञको छैटौं दिनसम्म साढे ४ करोड रुपैयाँ भन्दा बढी रकम संकलन भएको आश्रमका गण्डकी प्रदेश अध्यक्ष होमनाथ तिमिल्सिनाले जानकारी दिए ।

बुधबार पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले आश्रमको दोस्रो तला निर्माणमा लाग्ने १ करोड ७१ लाख रुपैयाँ महानगरपालिकाले बेहोर्र्ने प्रतिबद्धता जनाए ।
पूर्व मन्त्री हरि पाण्डेले दानीलाई कहिल्यै पनि हानी नहुने उल्लेख गर्दै आश्रम निर्माणमा ३० लाख ६६ हजार ६ सय ६ रुपैयाँ सहयोग घोषणा गरे । त्यस अवसरमा गण्डकी प्रदेश सभा सदस्य द्रोर्ण कुँवर, पोखरा महानगरपालिकाका प्रवक्ता तथा हेमजाका वडाध्यक्ष मोतिलाल तिमिल्सिना लगायतले पनि धारणा राखे ।

यज्ञ अन्त्यतिर आइरहँदा भक्तजनको सहभागिता पनि बाक्लिएको छ । हेमजा, लामाचौर, पुरुन्चौर, सराङकोट, ढिकुरपोखरी, बाटुलेचौर, अर्मला, बगर लगायत पोखराका विभिन्न वडा, माछापुच्छे« साथै अन्नपूर्ण गाउँपालिका लगायत ठाउँबाट स्वतस्फूर्त रुपमा भक्तजन आउने क्रम बढेको छ ।

प्रमुख वाचक कमलनयन गौतमले सेवा नै धर्म भएको उल्लेख गर्दै सत्संगले नै मानवलाई धन्य बनाउने बताए । शुक्रबार हास्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको उपस्थितिमा यज्ञ समापन गर्ने कार्यक्रम छ ।

Related News

सम्बन्धित समाचार

hero news full width