धारापानी माविको वार्षिकोत्सव

आदर्श समाज सम्वाददाता
माघ १६, २०७९
dharapani school progrem photo

हेमजा । अन्नपूर्ण–३, पाउँदुरस्थित धारापानी माध्यमिक विद्यालयको ७२ औं वार्षिकोत्सव, अभिभावक दिवस एवं पुरस्कार वितरण समारोह सम्पन्न भएको छ । कार्यक्रम उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले पालिकाले शिक्षा सुधारमा लागि कार्ययोजना अगाडि सारेको स्पष्ट पार्दै त्यसमा सरोकारवाला सबैको साथ चाहिने औंल्याए । अध्यक्ष केसीले शैक्षिक अवस्था सुधार गर्न विद्यालयलाई निर्देशन दिँदै त्यसमा पालिकाले रचनात्मक भूमिका खेल्ने पनि जनाए ।

त्यस अवसरमा प्रदेश लोकसेवा आयोगका सचिव विनोदबहादुर कुँवर, सामाजिक विकास कार्यालयमा उपसचिव तोया लम्साल, प्रदेश युवा तथा खेलकुद मन्त्रालयका उपसचिव घनश्याम पौडेल, गाउँपालिका उपाध्यक्ष चन्द्रकला अधिकारी लगायतले पनि धारणा राखे ।

प्रधानाध्यापक महेन्द्रबहादुर कुँवरले विद्यालयमा शिक्षक तथा कर्मचारीको इ.हाजिरी व्यवस्थाले सकारात्मक परिणाम दिएको स्पष्ट पार्दै अब विद्यार्थी संख्या वृद्धिका लागि चाँडै नै सरोकारवालाबीच गहन छलफल चलाइने बताए ।

कार्यक्रमका बीच शैक्षिक तथा अतिरिक्त क्रियाकलापतर्फबाट पुरस्कार वितरण गरिनुका साथै ११ वटा छात्रवृत्ति पनि प्रदान गरियो ।
विद्यालयका अध्यक्ष चन्द्रबहादुर गुरुङको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सहायक प्रधानाध्यापक उदयराज सुवेदीले स्वागत तथा शिक्षक नारायणप्रसाद पौडेल (नयन) ले कार्यक्रम सञ्चालन गरे ।

Related News

सम्बन्धित समाचार

  • स्टेप बाई स्टेप माविमा सर्कलहरू पुनर्गठन

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । स्टेप बाई स्टेप मावि मासबार, पोखरामा युवा रेडक्रस सर्कल, क्वालिटी सर्कल र ग्रो सर्कल पुनर्गठन गरिएको छ ।…
  • नेसनल क्रियसनमा निर्वाचन

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । पोखरा ८ नागढुंगास्थित नेसनल क्रियसन एकेडेमीमा विद्यार्थीले निर्वाचनमार्फत् स्कुल क्याप्टेन, भाइस क्याप्टेन र प्रिफेक्टर चयन गरेका छन् ।…
  • विन्ध्येश्वरी आदर्शमा चित्रकला

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा कक्षा २ देखि कक्षा १० सम्म चित्रकला प्रतियोगिता सम्पन्न गरियो । कार्यक्रममा आधारभूत जुनियर…
  • बालोदयमा विद्यार्थी क्लबका लागि निर्वाचन

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । बालोदय माध्यमिक विद्यालय, बिरौटामा विद्यार्थी क्लब गठनका लागि निर्वाचन भएको छ । बालोदय सांस्कृतिक क्लब, बालोदय सूचना तथा…
  • डिज्नील्यान्डमा चुनाव सिकाउन मतदान

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । पोखरा ७, मासबारस्थित डिज्नील्यान्ड एकेडेमीमा जुनियर रेडक्रस सर्कल र बाल क्लबको नयाँ नेतृत्व चयन भएको छ । आइतबार…

hero news full width