गौरीशंकरमा शैक्षिक अन्तरक्रिया

आदर्श समाज सम्वाददाता
माघ १६, २०७९
gauri sankar

हेमजा  गौरीशंकर बहुमुखी क्याम्पस, हेमजामा सोमबार शैक्षिक अन्तक्र्रिया भएको छ । प्रतिनिधिसभा सदस्य दामोदर पौडेल बैरागीले नेपालमा शिक्षालाई व्यापारको विषय बनाइनु दुखद भएको औंल्याउँदै सामुदायिक तथा निजी शिक्षाको अवधारण अन्त्य गरी एकैखाले शिक्षा नीति बनाउनुपर्नेमा जोड दिए । उनले पृथ्वीनारायण क्याम्पसलाई छुट्टै विश्वविद्यालय बनाउन पहल गर्ने स्पष्ट पार्दै गौरीशंकर क्याम्पस साथै ढिकुरपोखरीस्थित माछापुच्छ«े क्याम्पसलाई त्यो सँग अनुबन्धन गर्ने पनि जनाए ।

प्रदेश सभा सदस्य गणेशमान गुरुङले सर्वप्रथम स्थानीय अभिभावक तथा विद्यार्थीको विश्वास आर्जन गर्न क्याम्पसलाई सुझाव दिंदै क्याम्पसको समग्र अवस्था बारेमा योजना निर्माण गरी कार्य प्रक्रिया अगाडि बढ्नुपर्ने औंल्याए ।

प्रदेश सभा सदस्य देवका पहारी त्रिपाठीले महानगरको डोमिनेट वडाका रुपमा हेमजालाई चिनाउँदै हेमजाको समग्र विकासका लागि आफूहरु तयार रहेको बताइन् । प्रदेशसभा सदस्य राजकुमारी भुजेलले क्याम्पसको विकासमा आफू सदैव तयार रहेको स्पष्ट पारिन् ।

पोखरा महानगरका प्रवक्ता मोतिराज तिम्सिनाले हेमजा साथै त्यस क्षेत्रको शैक्षिक धरोहरका रुपमा गौरीशंकरलाई चिनाउँदै क्याम्सको विकासमा वडाले रचनात्मक भूमिका खेल्ने जनाए ।
त्यस अवसरमा क्याम्पस संचालक समितिका अध्यक्ष देवकृष्ण पौडेल, क्याम्पस प्रमुख कृष्णप्रसाद पौडेल लगायतले क्याम्पस साथै समग्र हेमजाको शैक्षिक अवस्थाका बारेमा सांसदहरुलाई जानकारी दिए । उनीहरुले क्याम्पसमा न्युनतम शुल्कमा पठनपाठन भइरहेको उल्लेख गर्दै प्राध्यापकले पनि न्युन पारिश्रमीकमा अध्यापन गराइरहेको स्पष्ट पारे ।

जीर्ण प्रशासनिक भवनको पुननिर्माण, नयाँ भवनमा ट्रस राख्ने, खेलमैदान व्यवस्थित गर्ने, पाठ्यपुस्तक, कक्षाकोठा तथा फर्निचर अभाव जस्ता समस्या समाधानका लागि जनप्रतिनिधिले भूमिका खेलि दिन पनि क्याम्पसले आग्रह गरेको छ ।

Related News

सम्बन्धित समाचार

  • स्टेप बाई स्टेप माविमा सर्कलहरू पुनर्गठन

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । स्टेप बाई स्टेप मावि मासबार, पोखरामा युवा रेडक्रस सर्कल, क्वालिटी सर्कल र ग्रो सर्कल पुनर्गठन गरिएको छ ।…
  • नेसनल क्रियसनमा निर्वाचन

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । पोखरा ८ नागढुंगास्थित नेसनल क्रियसन एकेडेमीमा विद्यार्थीले निर्वाचनमार्फत् स्कुल क्याप्टेन, भाइस क्याप्टेन र प्रिफेक्टर चयन गरेका छन् ।…
  • विन्ध्येश्वरी आदर्शमा चित्रकला

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा कक्षा २ देखि कक्षा १० सम्म चित्रकला प्रतियोगिता सम्पन्न गरियो । कार्यक्रममा आधारभूत जुनियर…
  • बालोदयमा विद्यार्थी क्लबका लागि निर्वाचन

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । बालोदय माध्यमिक विद्यालय, बिरौटामा विद्यार्थी क्लब गठनका लागि निर्वाचन भएको छ । बालोदय सांस्कृतिक क्लब, बालोदय सूचना तथा…
  • डिज्नील्यान्डमा चुनाव सिकाउन मतदान

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । पोखरा ७, मासबारस्थित डिज्नील्यान्ड एकेडेमीमा जुनियर रेडक्रस सर्कल र बाल क्लबको नयाँ नेतृत्व चयन भएको छ । आइतबार…

hero news full width