पोखरा। पोखरामा जारी तेस्रो टाइगर कप भलिबलमा महिला तर्फको उपाधिका लागि सशस्त्र प्रहरी बलको एपिएफ क्बल र त्रिभुवन आर्मी क्लब भिड्ने भएका छन् । बिहीबार भएको सेमिफाइनलबाट उपाधिका लागि भिड्ने टिम तय भएको हो ।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा भईरहेको प्रतियोगिता अन्तर्गत बिहीबार भएको पहिलो सेमिफाइनलमा घरेलु टोली गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनल पुगेको हो । पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको खेलमा एपिएफले २५–१३ ले तथा दोस्रो सेटमा २५–१७ को सहज जित निकाल्न सफल भयो । तेस्रो सेटमा सुरुवाती समयमा पछि परेको एपिएफले पूनरागमन गर्दै २५–२१ सेटमा जित निकाल्न सफल भयो । उक्त खेलमा एपिएफकी निरुता ठगुन्ना प्लेयर अफ दी म्याच र आरती सुवेदी स्पाइकर अफ दी म्याच भईन् ।
यो सँगै एपिएफ लगातार तेस्रोपटक उपाधि नजिक पुगेको हो । पहिलो संस्करणमा पुलिससँग ३–० को सोझो सेटमा पराजित हुँदै उपाधि विमुख बनेको एपिएफले दोस्रो संस्करणमा आर्मीलाई हराउँदै उपाधि जितेको थियो ।
दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबले होङ्गान्जी न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबलाई ३–१ को सेटमा हराउँदै फाइनल यात्रा तय गरेको हो । आर्मीले पहिलो सेट गुमाएर पनि आर्मी पूनरागमन गर्न सफल भएको थियो । पहिलो सेटमा २३–२५ ले गुमाएपनि त्यसपछि २५–१३,२५–२२ र २५–१२ नतिजा निकाल्दै आर्मी विजयी भएको थियो ।
आर्मीले अब अर्को विभागिय टोली नेपाल एपिएफ क्लबसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । यो खेलमा न्यु डायमण्डकी प्रगती नाथ प्लेयर अफ दी म्याच र आर्मीकी साफिया पुन स्पाइकर अफ दी म्याच भईन् ।
पुरुषतर्फको राउण्ड रोविन लिगका खेल सकिएसँगै घरेलु टोली गण्डकी प्रदेशसहित एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब सेमिफाइनल खेल्ने भएका छन् । लिग तालिकाको आधारमा ४ खेलमा ४ वटै खेल जित्दै १२ अंकसहित तालिकाको शीर्ष स्थानमा रहेको एपीएफले एक खेल जितेर २ अंक जोडेको नेपाल पुलिस क्लबसँग खेल्नेछ । यस्तै ३ खेल जितेर ८ अंक जोडेको गण्डकी प्रदेशले २ खेलेर जितेर ५ अंक जोड्दै तेस्रो बनेको त्रिभुवन आर्मीसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्ने छ ।
पुरुषतर्फको लिगचरणको खेलमा घरेलु टोली गण्डकीले पाहुना टोली सेन्ट जोशेफ वाज स्पोर्ट्स क्लबलाई ३–० सोझो सेटमा हराएको हो । प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो सेट गण्डकी २६–२४ ले आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेटमा २५–१४ को सहज जित हात पारेको गण्डकीले तेस्रो सेटमा पछि परेको स्थिति उल्ट्याएर २५–२३ को जित निकाल्न सफल भयो । यो खेलमा गण्डकी गण्डकीका विवश आले प्लेयर अफ दी म्याच र हिमाल सुनारी स्पाइकर अफ दी म्याच चुनिए ।
जितसँगै गण्डकी सेमिफाइनल प्रवेश गर्दा पाहुना टोली सेन्ट जोशेफ भने बाहिरिएको छ । प्रतियोगितामा कुनै पनि खेल नजितेको सेन्ट जोशेफले नेपाल पुलिस क्बलसँग १ अंक खोस्दै अंक तालिकाको अन्तिममा रहँदै प्रतियोगिता टुंगाएको हो ।
दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले नेपाल पुलिस क्लबलाई पराजित गरेको थियो । आर्मीले पुलिसलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसलाई हराउने क्रममा आर्मीले २५–१७, २५–१९ र २५–२३ सेटको नतिजा निकालेको थियो । उक्त खेलमा आर्मीका धनबहादुर भट्ट क्षेत्री प्लेयर अफ दी म्याच र राजेन्द्र विष्ट स्पाइकर अफ दी म्याच भए ।
प्रतियोगिता अन्तर्गत शुक्रबार महिलातर्फ तेस्रो स्थानका लागि न्यु डायमण्ड र गण्डकी प्रदेश भिड्नेछन् । पुरुषतर्फ पहिलो सेमिफाइनलमा एपिएफले नेपाल पुलिससँग खेल्नेछ भने दोस्रो सेमिफाइनलमा गण्डकी प्रदेशले आर्मीको सामना गर्नेछ ।
महिला–पुरुष दुवैतर्फ उपाधि विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार प्राप्त गर्नेछन् । तेस्रोले १ लाख २५ हजार र सान्त्वना हुनेले ६५ हजार प्राप्त गर्नेछन् ।
Related News
सम्बन्धित समाचार
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
गण्डकीमा माओवादीले माग्यो मुख्यमन्त्री
‘रेक्स्यु गर्न मुख्यमन्त्रीमात्र जाने हो? प्रहरी पठाउन पाइँदैन’
प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
hero news full width
मुख्य समाचार
रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
उपराष्ट्रपति यादवले लिए पद तथा गोपनीयताको शपथ
चैत्र ६, २०७९माइनस डिग्रीमा माछा उत्पादन
चैत्र ६, २०७९सरकारकै कारण न्यायालय नेतृत्वविहीन : बार अध्यक्ष घिमिरे
चैत्र ५, २०७९निर्वाचन आयोगले राष्ट्रपति समक्ष बुझायो उपराष्ट्रपति निर्वाचन प्रतिवेदन
चैत्र ५, २०७९प्रतिनिधिसभामा रिक्त तीनै स्थानमा वैशाख १० गते उपनिर्वाचन
चैत्र ५, २०७९