शुक्लागण्डकीको वार्षिकोत्सव

आदर्श समाज सम्वाददाता
माघ ११, २०७९
shuklga

पोखरा। शुक्ला गण्डकी आधारभूत विद्यालय पोखरा ३३, लामगादीको ३४ औं वार्षिकोत्सव मनाइएको छ । कार्यक्रममा पोखरा महानगर पालिका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले उद्घाटन गरे ।
कार्यक्रममाच विद्यालयको समग्र पक्षको उन्नयनको कामना गर्दै झ्याँक्रीखोला सामुदायिक वन उपभोक्ता समूहबाट १ लाख १ हजार १ सय ११, लामगादी निवासी आफ्ना पिता स्व. कुलबहादुर श्रेष्ठ र स्व. माता तिलकुमारी श्रेष्ठको स्मृतिमा छोरा बुहारीहरु सरस्वती श्रेष्ठ, भक्तबहादुर श्रेष्ठ, तिलबहादुर श्रेष्ठ र विद्यालयका सल्लाहकार बलबहादुर श्रेष्ठद्वारा १ लाख १ हजार १ सय ११, विव्यस अध्यक्ष यज्ञप्रसाद आचार्यबाट १ लाख अक्षयकोषका लागि प्राप्त भएको छ ।
यस्तै विद्यालयका प्रअ आनन्द पौडेलबाट ५५ हजारर ५ सय ५५, निर्मला ढकाल (सिग्देल) हाल अमेरिकाबाट ५० हजा ५ सय ५, जनजागृति महिला समाज लामगादीबाट ५० हजार ५५, श्रीकृष्ण आचार्यबाट थप ३० हजार, पूर्व अध्यक्ष भूमिश्वर आचार्यबाट २५ हजार ५ सय ५५, विव्यस सदस्य मोतीबहादुर मगरबाट २० हजार ५ सय, पूर्व शिक्षक शिवराज भण्डारीबाट २० हजार २ सय अक्षयकोषलाई प्राप्त भएको छ ।
पूर्व अध्यक्ष लीलबहादुर श्रेष्ठद्वारा थप १५ हजार, लोकमाया बानियाबाट थप १० हजार, विद्यालयका सल्लाहकार कृष्ण रानाभाटद्वारा ५ हजार, शिक्षक अभिभावक संघका सदस्य वीरेन्द्र नेपालीबाट ५ हजार र हेबिन पुनबाट ५ हजारको अक्षयकोष रकम प्राप्त भएको विद्यालयले जनाएको छ ।
पोखरा ३३ को उक्त विद्यालय यस वर्ष नगरपालिकाबाट उत्कृष्ट विद्यालयको रुपमा सम्मानित भएको थियो । विव्यस अध्यक्ष यज्ञप्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रअ आनन्द पौडेलले कार्यक्रममा आर्थिक तथा भौतिक रुपमा दिल खोलेर सहयोग गर्नेप्रति आभार व्यक्त गरे ।

Related News

सम्बन्धित समाचार

  • रत्नशोभा माविका भूपू विद्यार्थीबीच पुनर्मिलन

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    लेखनाथ । रत्नशोभा मावि पोखरा–२८ माझठानाका भूतपूर्व विद्यार्थीको भेटघाट तथा पुनर्मिलन कार्यक्रम शनिबार सम्पन्न भएको छ । विद्यालयको समृद्धिमा सुझाव…
  • माछापुच्छ्रे मावि व्यवस्थापनमा बमबहादुर

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका–२ भुर्जुङखोलामा अवस्थित माछापुच्छ्रे माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बमबहादुर गुरुङ चयन भए । विद्यालयमा…
  • मनिपालमा अत्याधुनिक एमआरआई मेसिन

    आदर्श समाज सम्वाददाता वैशाख १३, २०८१
    पोखरा । मनिपाल मेडिकल कलेज शिक्षण अस्पतालले गण्डकी प्रदेशमै पहिलो अत्याधुनिक एमआरआई मेसिन ल्याएको छ । १.५ को टेस्ला जिई…
  • कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । कास्कीमा माध्यमिक शिक्षा एसइईका उत्तरपुस्तिका परीक्षण रोकिएको छ । १० वर्षदेखि उत्तरपुस्तिका परीक्षण पारिश्रमिकमा वृद्धि नभएको भन्दै शिक्षकहरुले…
  • स्याङ्जा जिल्लाकै पहिलो विद्यालयको ७१ औं वार्षिकोत्सव

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    स्याङ्जा। जिल्लाकै पहिलो विद्यालय मातृभूमि माविको ७१ औं वार्षिकोत्सव मंगलबार मनाइएको छ । विद्यालय परिसरमा निर्मित संस्थापक अध्यक्ष र प्रधानाध्यापकको…

hero news full width