पोखरा । प्रथम कुलपति रनिङ सिल्ड फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पूरा भएको छ । गण्डकी विश्वविद्यालय आयोजनामा जारी प्रतियोगिताको सेमिफाइनलमा सहिद स्मृति आवसिय माध्यमिक विद्यालय, भद्रकाली माध्यमिक विद्यालय, कालिका माध्यमिक विद्यालय र इन्द्र राज्यलक्ष्मी माध्यमिक विद्यालय पुगेका छन् ।
पोखरा रंगशालामा बुधबार सम्पन्न भएका खेलमा सहिद स्मृति, भद्रकाली र कालिका विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेका हुन् । यसअघि मंगलबार छोरेपाटन माध्यमिक विद्यालयलाई ३–० ले पराजित गर्दै इन्द्र राज्यलक्ष्मी माध्यमिक विद्यालय सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।
सहिद स्मृतिले न्यु ग्यालेक्सी माध्यमिक विद्यालयलाई ५–० को फराकिलो अन्तरले पराजित गरेको हो । सहिद स्मृतिको जितमा जयराम घर्तिमगरले २, सुनिल पाख्रिन, विवेश सोमाई र जोन रेग्मीले १–१ गोल गरे । जोनले खेलको १२औं मिनेटमा गोल गर्दै टिममा सुरुआती अग्रता दिलाएका थिए । जयरामले पहिलो हाफको अन्तिम मिनेटमा गोल गर्दै सहिद स्मृतिमा दोब्बर अग्रता दिलाएका थिए । खेलको ३६ औं मिनेटमा कप्तान सुनिलले गोल गर्दै तेब्बर अग्रता दिलाए । त्यसपछि खेलको ४४औं मिनेट र ५४ औं मिनेटमा सहिद स्मृतिले गोल गर्दै ५–० को सानदार जित निकाल्यो ।
भद्रकालीले विष्णु पडुका माध्यमिक विद्यालयलाई ५–० ले पराजित ग¥यो । खेलको आक्रमक बनेको भद्रकालीले अधिकांश समय बल आफ्नो पक्षमा पारिरह्यो । भद्रकालीको जितमा भिमबहादुर गुरुङले ह्याट्रिक गरे । उनले खेलको १०औं मिनेटमा गोल गर्दै भद्रकालीलाई अग्रता दिलाएका थिए ।
खेलको २८औं मिनेटमा भद्रकालीका दिपेश गुरुङले गोल गर्दै टिमलाई दोब्बर अग्रता दिलाए । त्यसको ३ मिनेटमै भद्रकालीले अर्काे गोल थप्यो । भद्रकालीका कप्तान युक्त गुरुङले दोस्रो हाफको सुरुआतमै ३१औं मिनेटमा गोल गरे ।
भिमले खेलको ३४औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई चौथो अग्रता दिलाए । खेलको ३५औं मिनेटमा भिमले गोल गर्दै ह्याट्रिक पूरा गरे । त्यसपछि भने दुवैतर्फ गोल हुन सकेन । भद्रकाली ५–० ले विजयी भयो ।
कालिकाले डायमण्ड माध्यमिक विद्यालयलाई २–० ले पराजित गर्दै सेमिफाइलनमा प्रवेश गरेको हो । कालिकाका लागि कुशन राई र समुन्द्र सुवेदीले १–१ गोल गरे । कालिकाले खेलको सुरुआतमै डायमण्डविरुद्ध अग्रता लिएको थियो । खेलको चौथो मिनेटमा कुशन राईले गोल गर्दै अग्रता दिलाएका थिए । त्यसपछि अन्तिम इन्जुरी समयमा कालिकाका सुवेदीले गोल गर्दै टिमलाई टिमलाई २–० को जित दिलाए ।
प्रतियोगितामा बिहीबार सेमिफाइलनमा खेलहरु हुनेछन् । पहिलो सेमिफाइलनमा भद्रकाली र इन्द्र राज्यलक्ष्मी बिहीबार बिहान साढे १० बजे भिड्नेछन् । दोस्रो सेमिफाइनलमा कालिका र सहिद स्मृति साढे १२ बजे भिड्नेछन् । फाइनल खेल शुक्रबार हुनेछ ।
सो प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछ । प्लेयर अफ द टुर्नामेन्टलाई ट्रफिसहित १० हजारको व्यवस्था गरिएको छ ।
यो विश्वविद्यालय नेपालमै पहिलो पटक प्रदेश सरकारद्वारा स्थापना गरेको विश्वविद्यालय हो । विश्वविद्यालयले विभिन्न शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्नुका साथसाथै विश्वविद्यालयले अन्वेषण र अनुसन्धानलाई समेत प्राथमिकतामा राख्दै आइरहेको छ । यो विश्वविद्यालय स्नातक तहमा खेलकुद व्यवस्थापन विषयको पठनपाठन सुरु गरेको नेपालकै पहिलो र एकमात्र विश्वविद्यालय हो ।
Related News
सम्बन्धित समाचार
रेबान भेट्रान्स कपमा नवीनलाई उपाधि, डबल्सतर्फ अनुज र नवीन विजयी
रेबान कप टेनिस फाइनल आज
रेवान कप टेनिस सुरु
नेपालद्वारा एकदिवसीय मान्यता सुरक्षित
अन्नपूर्ण १० लाई अध्यक्ष कप
hero news full width
मुख्य समाचार
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
चैत्र ७, २०७९गण्डकीमा माओवादीले माग्यो मुख्यमन्त्री
चैत्र ७, २०७९‘रेक्स्यु गर्न मुख्यमन्त्रीमात्र जाने हो? प्रहरी पठाउन पाइँदैन’
चैत्र ७, २०७९प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
चैत्र ६, २०७९रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
चैत्र ६, २०७९