पोखरा। पुन समाज नेपाल केन्द्रिय समितिद्वारा प्रकाशित पुन जाति र भाषा विषयक कृति शनिबार पोखरामा लोकार्पण गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका निमित्ति कुलपति एवं संस्कृतिविद प्राडा जगमान गुरुङले पोखरा– ११ रामघाट स्थित समाजको भवनमा यो कृतिको विमोचन गरे ।
कार्यक्रममा आफ्नो भनाई राख्दै प्राडा गुरुङले अन्य जाति र राज्यको चेपुवामा परेर पुनहरुको भाषा हराउन पुगेको बताए । पुनहरुले अब आफ्नो भाषाको खोजी गर्न जरुरी भएको सुझाव पनि उनले सो अवसरमा राखे । इतिहास हेर्दा पुनहरु सरकारबाट समेत अन्यायमा परेको बताउँदै उनले लोकतन्त्रमा आफ्नो पहिचान खोज्ने अधिकार सबैलाई भएको बताए । राज्यले थप दमन गर्छ भनेर पुनहरुले आफ्नो ऐतिहासिक दस्तावेजहरु समेत उ बेला आफैंले खोलामा बगाएको दाबी गर्दै उनले पुनहरुको धर्म प्रकृति पुजा भएको भनाई राखे । सो अवसरमा उनले थप प्रमाणहरु जुटाएर पुनहरुले आफूलाई सरकारी दस्तावेजमा प्रमाणित जातिको रुपमा स्थापित गर्नुपर्ने सुझाव पनि दिए ।
सो अवसरमा बोल्दै पुस्तकका सम्पादक डा. तुलसी प्रभास खनालले दुई सय ७४ पृष्ठको पुस्तकमा विभिन्न १६ शिर्षकमा पुनबारे चर्चा गरिएको जानकारी दिए । पुनहरुको आफ्नो भाषा, संस्कृति, अलग समुदाय र पहिचान भएको बताउँदै उनले सरकारले पुनहरुलाई अलग्गै जातिको रुपमा पहिचान प्रदान गर्नुपर्ने भनाई राखे । पुस्तकमा पुनहरुको संस्कृति, संस्कार, भेषभूषा र मातृभाषा, गीतसंगीत र पुनहरुमा नौ अंकको महत्वबारे चर्चा गरिएको छ । यसैगरी पुनहरुका राजाको इतिहास, उनीहरुको आर्थिक जीवनशैली, भूगोल, पुन र मगर जातिमा भिन्नताका बारेमा पनि उल्लेख गरिएको छ । कर्वाके वावाको जीवनकहानी, कर्वाके दर्शन, झाँक्री र जैशीको कथा, कुखुराको कथा र पुनहरुको शब्दावली भण्डारका बारेमा समेत पुस्तकमा उल्लेख छ । पुस्तकको व्यक्तिगत मूल्य पाँच सय रुपैयाँ निर्धारण गरिएको छ ।
यसैगरी पृथ्वीनारायण क्याम्पसका पूर्व प्रमुख प्राडा दिलवहादुर क्षत्रीले अनेकतामा एकता नेपाली समाजको विशेषता भएको भन्दै आफ्नो पहिचान खोज्ने अधिकार सबैसँग भएको भनाई राखे । उक्त पुस्तकको प्रकाशनले यसअघि साशकको मात्र इतिहास लेखिंदै आएकोमा अब जनताले आफ्नो इतिहास आफैं लेख्ने कामको थालनी भएको बताए । पुनलाई फरक जातिको रुपमा सूचीवद्ध गर्न प्रमाणिक तथ्यहरुको संकलन गर्न पनि उनले सुझाव दिए ।
कार्यक्रममा पुनका हरेक घरले उक्त पुस्तक किन्नुपर्ने र पाँच हजार रुपैयाँ प्रदान गरी आजिवन सदस्यता लिनुपर्ने उद्घोष समाजका महासचिव खिमन सेरपुजा पुनले उद्घोष गरे । कार्यक्रममा प्रमुख अतिथि प्राडा गुरुङ र सम्पादक खनाललाई सम्मान पनि गरिएको थियो । सो अवसरमा समाजको पोखरा नगर कमिटी अन्तर्गतको फूलवारी पुन समाजले पुनहरुको पुख्र्यौली नाच र भैलो कार्यक्रम प्रस्तुत गरेका थिए ।
समाजका केन्द्रिय अध्यक्ष एवं कार्यक्रमका सभापति भीमवहादुर फगामी पुनले आफूहरु छुट्टै जाति भएको र पुनहरुको संस्कृति अन्य जाति भन्दा फरक भएको भनाई राखे । यस्तो मान्यतालाई स्थापित गर्न आफूहरु कम्मर कसेर अघि बढेको र समाजका सम्पूर्ण सदस्यले यो अभियानमा एकतावद्ध भएर साथ दिनुपर्ने भनाई पनि उनको थियो । पुनहरुको पहिचान स्थापित गर्नको लागि आवश्यक पहल संगै पुनहरुको भाषा, धर्म, संस्कार, संस्कृति, भेषभुषा, भूगोल, इतिहास आदीको प्रमाणिकरण तथा संरक्षण सम्वद्र्धन गर्ने उद्देश्यले पुस्तक प्रकाशन गरिएको समाजले जनाएको छ । कार्यक्रममा समाजका वरिष्ठ उपाध्यक्ष पूर्णवहादुर गर्वुजा पुनले स्वागत मन्तव्य व्यक्त गरेका थिए
Related News
सम्बन्धित समाचार
मुक्तक : लोकप्रिय तर हेपिएको विधा
२१ नाटक प्रदर्शनसहित सकियो नाटक महोत्सव
डा. पुष्पालाई इन्द्र–हुमा वाङ्मय सम्मान
लोक दोहोरी गीत प्रतिष्ठान गण्डकीमा राजन कार्की
नाटक महोत्सवमा स्कुले विद्यार्थीको प्रतिभा
hero news full width
मुख्य समाचार
राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने
राष्ट्र बैंकका प्रथम गभर्नर राणाको निधन
माघ २२, २०७९प्रदेशका पाँच वर्ष : अपेक्षा धेरै, फिलतो कार्यान्वयन
माघ २२, २०७९प्रदेश सांसदका चिन्ता: न संघले हेर्छ, न पालिकाले टेर्छ
माघ २१, २०७९मुग्लिन–पोखरा सडकखण्ड निर्माण सुस्त, पर्यटनमा मार
माघ २१, २०७९पिएनसी जग्गा विवाद : कित्ता नम्बर ८३३ साठीघरे पराजुलीको ‘खरबारी ’
माघ २०, २०७९