सावित्राको दोहोरो ह्याट्रिक

आदर्श समाज सम्वाददाता
असाेज २९, २०७९
womens football

पोखरा । सावित्रा भण्डारीको दोहोरो ह्याट्रिकमा एपिएफ क्लबले महिला फुटबलमा सहज जीत हात पारेको छ ।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शुक्रबार वालिङस्थित मालेबगर फुटबल मैदानमा भएको पहिलो खेलमा एपिएफले प्रदेश १ लाई ७–१ गोलअन्तरले पराजित गर्दै जीत निकालेकोे हो ।

खेलको २३ औं मिनेटमा एपिएफकी भण्डारीले पहिलो गोल गरेकी थिइन् । त्यसलगत्तै प्रदेश १ की अन्जना थुलुङ राईले गोल गर्दै खेल बराबरीको स्थितिमा पुर्‍याइन् ।

एपिएफकी भण्डारीले ४० औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरिन् भने ४५ औ मिनेटमा तेस्रो गोल गरेर ह्याट्रिक पूरा गरिन् ।

दोस्रो हाफमा उनले ५१ औं र ५८ मिनेटमा चौंथो र पाँचौं गोल गरिन् । ६० औं मिनेटमा एपिएफकी अनिता केसीले छैटौैं गोल गरेर अग्रता टाढा पारिन् । त्यस्तै एपिएफकी भण्डारीले ६५ औं मिनेटमा गोल गरेर दोहोरो ह्याट्रिक पूरा गरिन् ।

दोस्रो खेलमा गण्डकी प्रदेश विजयी भएको छ । कर्णाली प्रदेशलाई ३–० गोल अन्तरले पराजित गर्दै गण्डकीले जीत दर्ता गरेकोे हो । खेलको ३३ औं मिनेटमा गण्डकीकी शान्ति नेपालीले पहिलो गोल गर्दैे टिमलाई अगाडि बढाएकी थिइन् ।

५८ औं र ६६ औं मिनेटमा उदया थापाले दोस्रो र तेस्रो गोल गरिन् ।

तेस्रो तथा अन्तिम खेल बराबरीमा टुंगियो । मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशले निर्धारित समयसम्म कुनै गोल नगरेपछि अंक बाँडेका थिए ।

Related News

सम्बन्धित समाचार

  • यु–१४ फुटबल प्रशिक्षण

    आदर्श समाज सम्वाददाता वैशाख १३, २०८१
    पोखरा । सहारा क्लब पोखराको व्यस्थापनमा प्रदेश खेलकुद परिषद् गण्डकीले ‘खेल्छ गण्डकी’ कार्यक्रमअन्तर्गत उक्त यु–१४ फुटबल प्रशिक्षण दिएको छ ।…
  • सहारा एकेडेमीमा यु–१४ फुटबल प्रशिक्षण

    आदर्श समाज सम्वाददाता वैशाख १२, २०८१
    पोखरा । सहारा क्लब पोखराको व्यस्थापनमा प्रदेश खेलकुद परिषद् गण्डकीले ‘खेल्छ गण्डकी’ कार्यक्रमअन्तर्गत उक्त यु–१४ फुटबल प्रशिक्षण दिएको छ । दोबिल्लास्थित…
  • वागमतीलाई बहिरा महिला फुटबल उपाधि

    आदर्श समाज सम्वाददाता फागुन २५, २०८०
    पोखरा। बहिरा महिला फुटबलको उपाधि वागमती प्रदेशले जितेको छ । बहिरा फुटबल खेल क्लब, पोखराको आयोजनामा शुक्रबार पोखरा रंगशालामा भएको…
  • आर्मी आहारारा गोल्डकपको नयाँ च्याम्पियन

    आदर्श समाज सम्वाददाता माघ २०, २०८०
    पोखरा। त्रिभुवन आर्मी क्लबले २३ औं आहा रारा पोखरा गोल्डकपको उपाधि चुम्न सफल भएको छ । शनिबार फाइनलमा पाँचौं पटकसम्मको…
  • आहा रारा पोखरा गोल्डकपकाे कस्ले जित्ला उपाधि ?

    आदर्श समाज सम्वाददाता माघ १९, २०८०
    पोखरा। पोखरा रंगशालामा जारी २३ औं आहा रारा पोखरा गोल्डकपको शनिबार थ्रीस्टार र विभागीय त्रिभुवन आर्मी क्लबबीच उपाधि भिडन्त हुँदैछ…

hero news full width