जनप्रिय माविमा स्वागत

आदर्श समाज सम्वाददाता
भाद्र ३०, २०७९
janapriya 2

पोखरा । जनप्रिय मावि सिमलचौरमा कक्षा ११ का नवआगन्तुक विद्यार्थीको स्वागत गरिएको छ ।

विद्यार्थीहरुलाई पोखरा ८ का वडाध्यक्ष रुद्रनाथ बराल, विद्यालय प्रअ देवीप्रसाद बस्ताकोटी, प्रातः कार्यक्रम संयोजक इन्द्रबहादुर थापा, पूर्व विद्यार्थी मञ्च अध्यक्ष सरोजनारायण बराल लगायतले शैक्षिक सफलताको कामना गरे ।

कार्यक्रममा कक्षा १२ र एसइईमा उत्कृष्ट नतिजा प्राप्त गर्ने छात्र सौगात भुसाल र छात्रा अस्मिता ढुंगानालाई मायाको चिनो प्रदान गरिएको थियो ।

कक्षा १२ की छात्रा सविता पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शिक्षक श्रीकान्त पौडेलले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width