पोखरा नर्सिङ क्याम्पसलाई क्युएए प्रमाणपत्र

आदर्श समाज सम्वाददाता
भाद्र २८, २०७९
nursing qaa

पोखरा । पोखरा नर्सिङ क्याम्पस, पोखराले विश्वविद्यालय अनुदान आयोगद्वारा प्रदान गरिने गुणस्तर सुनिश्चितता तथा प्रत्यायन क्युएए को प्रमाणपत्र प्राप्त गरेको छ । आइतबार विश्वविद्यालय अनुदान आयोगको सभाकक्ष, सानेठिमी भक्तपुरमा आयोगका अध्यक्ष प्राडा भीमप्रसाद सुवेदीले पोखरा नर्सिङ्ग क्याम्पस, पोखराका क्याम्पस प्रमुख प्राध्यापक नीता ताम्राकारलाई प्रमाणपत्र हस्तान्तरण गरे । यो गुणस्तरको प्रमाणपत्र आयोगद्वारा बनाइएको निश्चित मापदण्ड पूरा गरेपछि मात्र प्रदान गरिन्छ ।

विश्वविद्यालय अनुदान आयोगबाट प्राप्त जानकारी अनुसार विराटनगर नर्सिङ क्याम्पस, पोखराको वनविज्ञान क्याम्पस र झापाको कन्काई बहुमुखी क्याम्पसले समेत क्युएए प्रमाणपत्र प्राप्त गरेका छन । पोखरा नसिङ क्याम्पसले सो प्रमाणपत्र प्राप्त गर्नका लागि २०७६ साल माघ महिनामा आयोगबाट आसय पत्र प्राप्त गरी क्याम्पस प्रमुखको संयोजकत्वमा र सह–प्राध्यापक शारदा शर्माको संयोजकत्वमा स्वमूल्यांकन टोली गठन गरी प्रक्रियाको थालनी गरिएको थियो । सो प्रक्रिया पूरा गर्न गठित समिती अन्र्तगत बिभिन्न समिती र उप–समितीको समेत गठन गरी कार्य सम्पन्न गरिएको थियो ।

क्युएए प्रमाणपत्र ग्रहण समारोहमा पोखरा नर्सिङ्ग क्याम्पसबाट क्याम्पस प्रमुख प्रा नीता ताम्राकार, स्याट कमिटीका संयोजक शारदा शर्मा तथा सदस्यहरु सृजना पौडेल र अन्जु पौडेलको सहभागिता रहेको थियो ।

उक्त अवसरमा क्याम्पस प्रमुख प्राध्यापक नीता ताम्राकारले क्याम्पसलाई गुणस्तर सुनिश्चितता तथा प्रत्यायनमा लैजान सम्पुर्ण शिक्षक, कर्मचारी र विद्यार्थीहरुको अथक मेहनत र परिश्रमबाट मात्र सम्भव भएको बताउदै अब हाम्रासामु थप चुनौती र जिम्मेवारी थपिएको भन्दै संस्थाले प्रदान गर्ने उच्च शिक्षामा गुणस्तरियता कायम राख्ने कुरामा प्रतिबद्धता व्यक्त गर्नु गरेकी छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width