पोखरा । राप्रपाले पोखरामा बुधबार विरोध प्रदर्शन गरेको छ । साथै उसले १९ बुँदे मागसहितको ज्ञापनपत्र प्रधानमन्त्रीसमक्ष बुझाएको छ ।
दैनिक उपभोग्य सामाग्रीमा भएको मूल्यवृद्धिको विरोधसँगै राजसंस्थासहितको प्रजातन्त्र, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था र नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्नुपर्नेसम्मका माग राख्दै विरोध प्रदर्शन गरिएको हो ।
देशमा भ्रष्टाचार र कृषकले मल, बीउबिजन नपाउँदाको समस्या समाधान गर्नुपर्ने राप्रपाले माग गरेको छ । त्योसँगै शिक्षा स्वास्थ्य निशुल्क गर्नुपर्ने, विदेशमा भएका नेपालीहरुको मताधिकार सुनिश्चित गर्नुपर्ने, सबैखाले विभेद अन्त गर्नुपर्ने, भूमीहिन र सुकुम्बासीको समस्या तत्काल समाधान गर्नुपर्ने लगाएतका मागहरु पार्टीले राखेको छ ।
१९ बुंदे मागपत्रमा पार्टीले पृथ्वीजयन्तीमा सार्वजनिक बिदा दिनुपर्नेमा जोड दिएको छ । त्यस्तै देशभरी भत्काइएका ऐतिहासिक व्यक्तिहरुको शालिक संरक्षण तथा पुननिर्माण गर्नुपर्ने र संघीयताको प्रादेशिक तह खारेज गर्नुपर्नेजस्ता माग ज्ञापनपत्रमा उल्लेख छन् । पार्टीले एक घर एक रोजगारीको कार्यक्रम कार्यान्वयन गर्न सरकारसमक्ष माग गरेको छ । पार्टीले दोहोरो करको खारेजीसँगै राज्यले सिमाक्षेत्रमा भएका अतिक्रमित भूमि फिर्ता लिन कुटनीतिक पहल गर्न दबाब दिने गरि आन्दोलन अगाडि बढाउने राप्रपा कास्की अध्यक्ष नारायण गुरुङले बताए ।
विरोध प्रदर्शन सिर्जनाचोकदेखि सुरु भइ प्रशासन कार्यालय पुगेको थियो । सहभागीहरुले हिन्दु धर्म झल्कनेखालका पहिरन लगाउनुका साथै शंख, घण्टी र बाजागाजासहित प्रदर्शन गरेका थिए । राप्रपा कास्कीका प्रवक्ता अरुण गिरीले माग सम्बोधन नभए चरणबद्ध रुपमा दबाबमूलक आन्दोलन गरिने बताए ।
Related News
सम्बन्धित समाचार
ढिलै भए पनि बजेट परिष्कृत आउँछः मन्त्री खड्का
एमाले माग्यो गण्डकीका मुख्यमन्त्रीको राजीनामा
वामदेव गौतमद्वारा नयाँ पार्टीको घोषणा
मल बिउ माग्दै धर्ना
मल र बिउ माग गर्दै राप्रपाको धर्ना
hero news full width
मुख्य समाचार
अरुणा र प्रदीप वर्ष खेलाडी
खानेपानीमा इ–कोली जीवाणु भेटियो
असार १८, २०७९कटुस पनि किनेर खान्छन् नेपाली
असार १७, २०७९न्यायिक ज्ञान लिन उपप्रमुखहरु पोखरामा
असार १७, २०७९समितिको बैठकमा सभापतिमात्रै !
असार १७, २०७९सुनिन छाडे असारे भाका
असार १७, २०७९