पुल भत्किँदा ८ घाइते

आदर्श समाज सम्वाददाता
चैत्र २१, २०७८
bridge (1)

पोखरा । स्याङ्जामा पुल निर्माणका क्रममा आइतबार साँझ दुर्घटनामा परी ८ जना मजदुर घाइते भएका छन् ।
चापाकोट ८ प्याक्लुकस्थित निर्माणाधीन दामाचौर–रामपुर जोड्ने पक्की पुल निर्माणक्रममा क्रेनले फलामको बिम जोड्दै गर्दा अचानक बिमसहित उनीहरु खसेर घाइते भएका हुन् ।
घाइते हुनेमा रौटहटका २४ वर्षीय प्रेमधन पटेल, बाराका २२ वर्षीय रामनिवास कुमार पटेल, बाराको हरिहरपुर ८ का २८ वर्षीय जितेन्द्र पटेल, गोरखाका २३ वर्षीय सृजन परियार, भारतको बिहारका २५ वर्षीय धनञ्जय ठाकुर, २१ वर्षीय सुजितकुमार यादव, ४८ वर्षीय रघुनाथ राव, २५ वर्षीय अनुपकुमार राव छन् । उनीहरुको पाल्पास्थित मिसन अस्पताल र प्रभाव अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता डिएसपी राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width