खानेपानी संस्थानको ३३ औं वार्षिकोत्सव

आदर्श समाज सम्वाददाता
फागुन १६, २०७८
nwsc ph news (1)

पोखरा । नेपाल खानेपानी संस्थान पोखरा शाखाले ३३ औं वार्षिकोत्सव मनाएको छ । करिब ४७ हजार धारामार्फत उपभोक्तालाई सेवा दिँदै आएको शाखाले आइतबार कार्यालयमा उत्कृष्ठ सेवा गर्ने कर्मचारीलाई पुरस्कृत गर्दै वार्षिकोत्सव मनाएको हो । कार्यालय प्रमुख आशिष कार्कीको अध्यक्षतामा भएको सभामा केक काट्ने, घंैटो फुटाउने र चिठ्ठा उपहार प्रदान गर्दै सम्पन्न भएको थियो ।
खानेपानी संस्थान पोखरा शाखा र हेमजा शाखाको संयुक्त रुपमा भएको सभामा कार्यालय प्रमुख कार्कीले ग्राहकको सेवा नै पहिलो कर्तव्य भएको बताए । उनले पुरस्कार आफैमा गहन विषय नभएको चर्चा गरे । प्रमुख कार्कीले राम्रो काम गर्ने कर्मचारीलाई पुरस्कृत गरिने बताए । शाखा कार्यालयमा भएको कार्यक्रममा विन्ध्यवासिनी इकाई प्रमुख सन्तोषकुमार दासले स्वागत गर्दै उपभोक्ता, व्यवस्थापन तथा सिंगो संस्थानमा कार्यरत कर्मचारीलाई शुभकामना दिएका थिए ।
कर्मचारी संघका महासचिव केदार धमलाको सञ्चालनमा रहेको सभामा ३२ औं वार्षिकोत्सवमा पुरस्कृत कर्मचारीहरु लक्ष्मण पाण्डे, श्याम देवकोटा, रेखा केसी, हर्कबहादुर गुरुङ, विनोदबहादुर सार्की र हेमजा शाखाबाट झलकराम अधिकारीलाई कदरपत्रसहित सम्मान गरिएको थियो ।
यसैबीच ३३ औं वार्षिकोत्सवको अवसरमा राजेश थापा, गोपाल सुवेदी, कल्पना भण्डारी, सीता अधिकारी र भिषण श्रेष्ठ पुरस्कृत भएको पोखरा शाखाका प्रशासन प्रमुख आनन्दप्रसाद रेग्मीले जानकारी दिए । ३३ औं वार्षिकोत्सवको अवसरमा हेमजा शाखाबाट सत्यता ख्वाउजु पुरस्कृत भएको लेखा प्रमुख पुष्पराज जोशीले जानकारी दिए । जोशीले शाखामा राम्रो काम गरेर उपभोक्ताको सेवामा लाग्न सबै कर्मचारीलाई आग्रह गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै