एन प्याब्सनको लोक नृत्य प्रतियोगितामा अक्सफोर्ड प्रथम

आदर्श समाज सम्वाददाता
फागुन १५, २०७८
Npabsan dance

पोखरा । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (नेसनल प्याब्सन) कास्कीले आयोजना गरेको १४ औं लोक नृत्य प्रतियोगितामा अक्सफोर्ड बोर्डिङ स्कुल प्रथम भएको छ ।
प्रतियोगितामा राइजिङ स्टार एकेडेमी द्वितीय, कास्की मोडनाइज्ड एकेडेमी तृतीय र ज्ञान ज्योति विद्याकुञ्ज मावि सान्त्वना भएका छन् । विजयी समूहलाई वरिष्ठ नृत्य निर्देशक बुद्धिप्रसाद गुरुङ गौरी, एन प्याब्सनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र मोहन भट्टराई, गण्डकी प्रदेश अध्यक्ष याम खड्का, कास्कीका अध्यक्ष हेमन्त अधिकारी, कोषाध्यक्ष रत्ना गुरुङ, युनिप्स नेपालका अध्यक्ष सन्तबहादुर गुरुङलगायतले ट्रफी मेडल र प्रमाण पत्र प्रदान गरेका थिए ।
कार्यक्रमको निर्णायकमा मनबहादुर गुरुङ माधव, प्रदीप मान श्रेष्ठ र ऋषिकेश श्रेष्ठ रहेका थिए । कार्यक्रममा वरिष्ठ नृत्य निर्देशक बुद्धिप्रसाद गुरुङ गौरीलाई दोसल्ला ओढाइ सम्मान पत्रले सम्मान गरिएको थियो ।
विद्यार्थीलाई सैद्धान्तिक ज्ञानमा मात्र सीमित नगराई व्यावहारिक ज्ञानसँगै नेपाली मौलिक संस्कृतिको ज्ञान दिने अभिप्रायले यो प्रतियोगिता आयोजना गरिएको हो । नेसनल प्याब्सन कास्कीले स्थापना कालदेखि नै शैक्षिक विकासका निमित्त विद्यार्थी, शिक्षक र अभिभावकहरुकाबीच विभिन्न शैक्षिक तथा सहक्रियाकलाप गर्दै आएको छ ।
कार्यक्रम उद्घाटन गर्दै गण्डकी प्रदेश सरकारका शिक्षा संस्कृति, विज्ञान, प्रविधि, तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले रोजगार सिर्जना गर्ने शिक्षा आजको आवश्यकता भएको बताए ।
‘हाम्रो शिक्षा प्रणाली बेरोजगार जन्माउने थलोजस्तो भएको छ,’ उनले भने, ‘अबको शिक्षा प्रणाली स्वरोजगार वनाउने खालको हुनुपर्दछ तपाईहरु त्यता तिर लाग्नुहोस् ।’ उनले निजी विद्यालयसँग सँगै हातोमाले गरेर अगाडि बढ्न नेपाल सरकार सधैं तयार रहेको बताए । ‘निजी विद्यालयका समस्य बुझेर नेपाल सरकार सधैं हातेमाले गर्न तयार छ,’ उनले भने, ‘तपाईंहरु पनि सरकारको नीति निर्देशनमा रहेर शिक्षामार्फत समृद्ध समाज बनाउन तल्लीन हुनुहोस् ।’
सम्मानित व्यक्तित्व वरिष्ठ नृत्य निर्देशक बुद्धिप्रसाद गुरुङ गौरीले निरन्तरता नै सफलताको सिँढी भएकोले निरन्तर लागि परे सफल भइने बताए ।
नेसनल प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा सचिव मनकाजी गुरुङ, सहसचिव प्रेमराज अधिकारी, अतिरिक्त क्रियाकलाप प्रमुख तथा नेसनल प्याब्सन कास्कीका सहकोषाध्यक्ष राजु केसी कार्यक्रम संयोजक तथा नेसनल प्याब्सन कास्कीका सदस्य राजु कायस्थ, सदस्य शिवलाल पौडेललगायतले बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

  • जग्गाधनीले रोके रुपाताल परियोजनाको काम

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    पोखरा । रुपाताल संरक्षण परियोजनाको काम स्थानीयले रोकेका छन् । आफ्ना माग सुनुवाई नगरिएको भन्दै काम नै रोकिदिएका हुन् ।…
  • सफलको चिनीरहित दही बजारमा

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    पोखरा । सुजल डेरीले सफल सादा दही पोखरा बजारमा ल्याएको छ । कम्पनीका अनुसार सफल सादा दही चिनीरहित हो, जुन…
  • फेवाबाट जलकुम्भी हटाउन अभियान सुरु

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    पोखरा । बर्खा सुरुभएसँगै फेवाताल जलकुम्भीले ढाकिन्छ । स्वदेशी र विदेशी पर्यटकको आकर्षणको केन्द्र फेवाताल भए पनि यसको संरक्षणका लागि…
  • पोखरा जेसीजको ७ दिनमा, ७ कार्यक्रम

    आदर्श समाज सम्वाददाता वैशाख २९, २०८१
    पोखरा । ७ दिनमा, ७ समुदायलक्षित कार्यक्रम गर्दै पोखरा जेसीजले जेसीज सप्ताह विविध कार्यक्रम गरी मनाएको छ । संस्थाले १९…
  • महिलालाई आत्मनिर्भर बनाउँदै वडा कार्यालय

    आदर्श समाज सम्वाददाता वैशाख २७, २०८१
    पोखरा । पोखरा वडा १२ कार्यालयले महिलाहरुका लागि विभिन्न किसिमका कार्यक्रम गर्दै आएको छ । सिलाइ कटिङ, बाजा बजाउने, कम्प्युटर…

hero news full width

trending post

ट्रेन्डिङ्ग