पोखरामा खुल्यो एनालग मल

आदर्श समाज सम्वाददाता
माघ २५, २०७८
analogue mall~

पोखरा । एनालग मलले पोखरामा पनि आउटलेट खोलेको छ । १ करोड लगानीमा पोखराको न्यूरोडमा सोमबारदेखि संचालनमा आएको सो मलको मिस नेपाल इन्टरनेशल–२०१२ शुभेक्षा खड्का र चर्चित र्‍यापर बलेन शाहले संयुक्तरुपमा उद्घाटन गरे ।
यहाँ एप्पल ब्रान्डसहित विभिन्न कम्पनीका एसिसरिज, कम्प्युटर एण्ड पेरिफेरल्स् उपलब्ध छन् । रियलमि, एमआई, एन्कर, नार्जो, पोको लगायत कम्पनीका सामानहरु पाइने एनालग मलकी विजनेश डेभलपमेन्ट हेड सविना काफ्लेले बताइन् । उनका अनुसार यहाँ विशेषगरी आइफोन, ल्यापटप, मोबाइल, गोप्रो, केवल्स, ड्रोन एण्ड एक्सन क्याम्स, हेडफोन, घडी लगायत उपलब्ध छन् ।
सञ्चालक आशुतोष अग्रवालले देशका प्रमुख सहरमा आफूहरुले थप ५ आउटलेट खोल्ने योजना रहेको सुनाए । विजनेश डेभलपमेन्ट हेड सविना काफ्लेले आफूहरुले प्रोडक्समा मात्र नभई सर्भिसलाई पनि ध्यान दिंदै एनालग केयर सुविधा दिएको बताइन् ।
यस्तै, वित्तीय प्रमुख सन्तोष पाण्डेले पोखरेलीको माग अनुसार आफूहरु यहाँ आएको जनाउँदै उत्तिकै माया पाउने अपेक्षा गरे ।

Related News

सम्बन्धित समाचार

hero news full width