लेखनाथमा सुख्खा बन्दरगाह !

आदर्श समाज सम्वाददाता
माघ २५, २०७८
lcc

पोखरा । गण्डकी प्रदेशको पर्यटन, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको अगुवाइमा प्रदेशस्तरीय सुख्खा बन्दरगाह निर्माण हुने भएको छ ।
मन्त्रालयका उद्योग तथा आपूर्ति महाशाखा प्रमुख रामप्रसाद आचार्यको नेतृत्वमा सोमबार लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयसहितको टोलीले पोखरा ३२ मा रहेको प्रगतिशिल महिला सामुदायिक वन उपभोक्ता समितिअन्तर्गत नेपाल सरकारको नाममा रहेको करिब ५ सय रोपनीमा बन्दरगाह निर्माणको लागि सम्भाव्यता अध्ययनको कार्य अगाडि बढाउन स्थलगत निरीक्षण गरेको हो ।
प्रदेश सरकारको पहलमा संघीय संरचनाअनुसार यस प्रदेशको उत्तरी नाका कोरोला तथा दक्षिणी नाका सुस्ता क्षेत्रको विकास गरी आयात तथा निर्यात प्रवद्र्धनमा सहयोग पुर्‍याउने उद्देश्य साथ पहिलो पटक सुख्खा बन्दरगाह निर्माण गर्न सम्भाव्यता अध्ययनको कार्य अगाडि बढाइएको जनाइएको छ ।
सम्भाव्यता अध्ययन टोलीमा मन्त्रालयका भरतराज बराल, पोखरा महानगरपालिकाका इन्जिनियर महेन्द्र गोदार, प्रदेश उद्योग मन्त्रीका स्वकीय सचिव नवीन बिक, पोखरा उद्योग बाणिज्य संघका उद्योगतर्फका उपाध्यक्ष गोकर्ण कार्की, लेखनाथ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष राजेन्द्र ओझा, द्वितीय उपाध्यक्ष गोपिचन्द्र बास्तोला, महासचिव उपेन्द्रराज सुवेदी (राजु) लगायतको उपस्थिति थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width