पोखरा ६ बैदाममा कांग्रेस टोल समिति

आदर्श समाज सम्वाददाता
माघ २४, २०७८
congress news

पोखरा । नेपाली कांग्रेसको विधानबमोजिम कास्की जिल्लाका विभिन्न पालिकाहरुका विभिन्न वडामा टोल कार्य समिति गठनलाई तीव्रता दिन थालिएको छ । पोखरा ६ वडा समितिले विभिन्न टोलहरुमा कांग्रेसको टोल कार्य समिति गठन गर्ने कार्य अभियानको रुपमा अघि बढाएको छ । शनिबार वडा कार्यसमितिको पहलमा ज्येष्ठ नागिरिक सम्मान सहित टोल कार्यसमिति गठन गरेको छ । जीवन रेग्मीकोे अध्यक्षतामा गठन भएको समितिको उपसभापति दिल श्रेष्ठ, सचिव मुना कोइराला पहारी, सहसचिव याम तिमिल्सिना, कोषाध्यक्ष सन्दीप पहारी, र सदस्यहरूमा सुदीप गिरी, सीता पौडेल, तोडबहादुर थापा, कृष्ण पहारी र अभिनाश नेपाली लगायत छन् । बाँकी थप सदस्य समितिले नै मनोनीत गर्ने गरी समिति गठन भएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै नेपाली कांग्रे्रेसका सहसचिब शंकर ढुंगानाले नेपाली कांग्रेसको हालको नीति नै पार्टी मजबुद बनाउने रहेकाकाले संगठनलाई सक्रिय बनाउने योजना रहेको बताए । आगामी जेठ महिनामा हुने स्थानीय चुनावको तयारीको लागि हरेक वडामा सबैले टोल समिति गठन गर्नेुपर्ने उनको भनाइ थियो ।
नेपाली कांग्रेस पोखरा ६ का सभापति सन्तोष पौडेलले आसन्न निर्वाचनलाई दृष्टिगत गर्दै कांग्रेसका सबै तह सक्रिय हुनुपर्ने बताए । उनले मतदाताहरुको नामावली थप गर्न र चुनावमा कांग्रेसका उमेदवारहरुलाई जिताउन सकेमात्र लोकतन्त्र सुदृढ़ हुने कुरामा जोड दिए ।
पोखरा महानगर पालिका ६ का वडा अध्यक्ष जगतबहादुर पहारीले चुनावमा कांग्रेसका उम्मेदवारहरुलाई जिताउन सकेमात्र लोकतन्त्र सुदृढ़ हुने कुरामा जोड दिए । टोल सभापति हरिशचन्द्र्र पहारीको सभा अध्यक्षतामा भएको कार्यक्रममा उपसभापति शिवजी कुँवर, पूर्व टोल सभापति वीरबहादुर थापा, इकाइ सदस्य दिल श्रेष्ठ, नगर सदस्य शान्ता तिमिल्सिना, सल्लाहकार तेजनारायण पराजुली, पूर्व सभापति नेत्रपाणि न्यौपाने, पूर्व सभापति दीपकवीर कुवँर, प्रदेश प्रतिनिधि लक्ष्मीबहादुर भट्टराई, क्षेत्रीय प्रतिनिधि लोकराज पहारी र सचिव प्रकाश न्यौपानेलगायतका वक्ताहरुले कांग्रेसको विभिन्न तहका समितिहरुले विधानअनुसार विभिन्न विभाग र समितिहरु समयमै गठन गर्न र नियमित बैठक गरेर समयानुकूल निर्णय गर्नुपर्ने खाँचो औंल्याए ।

Related News

सम्बन्धित समाचार

hero news full width