मिस तामाङ फाइनल आज

आदर्श समाज सम्वाददाता
माघ १५, २०७८
miss tamang~

पोखरा । छैटौं मिस तामाङ पोखरा–२०२२ को ग्राण्ड फिनाले शनिबार हुँदैछ । बैदाम तामाङ सेवा समाजद्वारा आयोजित प्रतियोगिता बिजिबी रिसोर्टमा भर्चुअल रुपमा हुने समाजका अध्यक्ष ज्याक तामाङले जानकारी दिए ।
विजेताले ताज, ट्रफी, प्रमाणपत्र सहित नगद १ लाख रुपैयाँको साथमा म्युजिक भिडियोको अवसर तथा आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्नेछ ।
त्यस्तै, फस्ट रनर अपले ताज, ट्रफी, प्रमाणपत्र सहित नगद ५० हजार रुपैयाँ हजार प्राप्त गर्नेछ । सेकेण्ड रनर अपले ताज, ट्रफी, प्रमाणपत्रसहित नगद ३० हजार रुपैयाँ हात पार्नेछन् । भ्युवर्स च्वाइसले २० हजार पुरस्कार समेत प्राप्त गर्ने छ । १० जना ग्राण्ड फिनालेमा उत्रिदै छन् । जसमा जीया तामाङ, आशिका तामाङ, मनीषा तामाङ, पूजा तामाङ, रेखा तामाङ, कृष्टि तामाङ, मानसी तामाङ, पेमा तामाङ, सिर्जना तामाङ र ऋतिका तामाङ छन् ।
अघिल्ला संस्करणबाट नीमा लामा, दीप्ति गोम्जा, कविता योञ्जन, कुशुम स्याङ्वो तामाङ र शशिकला तामाङले ताज पहिरिन सफल भइसकेका छन्।
मिस तामाङ वल्र्ड २०२१ विजेता स्याङडोमा ब्लोन तामाङको उपस्थितिमा हुने प्रतियोगिता शनिबार दिउँसो २ बजेपछि हुनेछ ।
प्रतियोगिता मुख्य प्रायोजक गोर्खा ब्रुअरी हो । जसको न्युज नेपाल टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्ने छ । कोरोना प्रभावका कारण यसपालि बिना दर्शक प्रतियोगिता हुने प्रचार संयोजक सञ्जयकुमार मल्लले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width