पोखरा । संगम बचत तथा ऋण सहकारी संस्था लिमिटेड शिक्षा, तालिम तथा सूचना उपसमितिले आयोजना गरेको उद्घोषण कला तथा नेतृत्व विकास तालिम सञ्चालन गरेको छ । तालिम समापन समारोहमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरीता तिम्सिना पंगेनीले सहकारीले महिलाको आर्थिक सशक्तीकरणमा महत्वपूर्ण भूमिका खेलेको बताइन् । उनले नेतृत्व विकास तालिमले महिलालाई नेतृत्व तहमा पु¥याउन सहयोगी भूमिका खेल्ने विश्वास व्यक्त गरिन् ।
सहकारीले सामाजिक उत्तरदायित्व अन्तर्गत सामुदायिक स्कुलको खाजा अभियानमा सहयोग, राष्ट्रिय आविष्कार केन्द्रको पिपिई उत्पादन कार्यमा सहयोग, वृद्धाश्रममा सहयोगलगायत विभिन्न कार्यहरु गर्दै आइरहेको सहकारीका कार्यवाहक अध्यक्ष नवराज तिवारीले बताए । उनले सहकारीले सदस्यहरुलाई स्वरोजगारतर्फ उन्मुख गराउने उद्देश्यका साथ सेनिटरी प्याड बनाउने, चुरापोते बनाउने, फेब्रिकको माला बनाउनेलगायत सीपमूलक तालिम पनि दिँदै आएको उल्लेख गरे ।
सहकारीका शिक्षा ,तालिम तथा सूचना उपसमितिका संयोजक तिलक थापाले महिला लक्षित कार्यक्रमअन्तर्गत तालिम आयोजना गरिएको बताए ।
कार्यक्रममा ऋण उपसमिति संयोजक भरतबहादुर थापा, सञ्चालक समिति सदस्य विष्णुकुमारी थापा, कार्यक्रम संयोजक तुलबहादुर गुरुङ, उपसमिति सदस्य सरस्वती अधिकारीलगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।
कार्यक्रममा प्रशिक्षार्थीहरुको तर्फबाट शर्मिला कुँवर, लक्ष्मी गुरुङ, दुर्गादेवी कुवँर र विनु देवकोटाले अनुभव सुनाएका थिए ।
सहकारीका महिला सेयर सदस्यका लागि ५ दिनसम्म चलेको तालिमलाई शिक्षा तालिम तथा सूचना उपसमितिका संयोजक मानवअधिकारकर्मी तिलक थापाले सहजीकरण गरेका थिए ।
सुगम सहकारीसँगको मर्जपछि पालिखे चोक, महेन्द्रपुलबाट समेत सेवा दिँदै आएको सहकारीको प्रधान कार्यालय पोखरा १५ रामबजार रहेको छ । कुल ६१ करोडको वासलात रहेको सहकारीको कर्जा लगानी ४५ करोड छ भने सहकारीले गत आर्थिक वर्षमा जग्गासमेत खरिद गरेको छ ।
Related News
सम्बन्धित समाचार
काम चलाउ सरकारद्वारा दोस्रो आवधिक योजनाको आधारपत्र परिमार्जन, पाण्डे सरकारले तय गरेको सोच समेत फेरियो
जिभिपी युके लन्डनलाई भलिबल उपाधि
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
हातपात अभियोगमा पक्राउ
तमु धिंको ४० औं स्थापना दिवसमा गण्डकीका मन्त्रीहरुको सम्मान
hero news full width
मुख्य समाचार
उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
जेठ ५, २०८१मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
जेठ ४, २०८१फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
जेठ ४, २०८१सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
जेठ ४, २०८१पर्वत र बागलुङका सिडिओ फेरिए
जेठ ४, २०८१