लमजुङ । लमजुङमा यस वर्ष अलैंची उत्पादनमा कमी आएको छ । आवश्यकताअनुसार समयमा पानी नपर्नु, मौसम अनुकूल नहुनु, बोटमा कीरा लाग्नु र बोट सुक्नुलगायतका कारणले यो वर्ष अलैंची उत्पादनमा कमी आएको हो ।
गत वर्षको तुलनामा यो वर्ष करिब ८५ प्रतिशतले उत्पादनमा कमी आएको नेपाल अलैंची जोन कार्यालय लमजुङले जनाएको छ । कार्यालयका अनुसार गत वर्ष जिल्लामा ४ सय मेट्रिक टन अलैंची उत्पादन भएको थियो । यस वर्ष अलैंचीको उत्पादन घटेर ३५ मेट्रिक टनमा सिमित भएको छ । गत वर्ष अलैंचीको बिक्रीबाट १८ करोड २० लाख आम्दानी गरेका किसानले यो वर्ष ३ करोड ५० लाख मात्र आम्दानी गर्न सकेको कार्यालयले जनाएको छ ।
यसवर्ष रोग प्रकोप, जलवायु परिवर्तन, सिंचाइको कमीलगायतका कारण अलैंची उत्पादनमा भारी गिरावट आएको नेपाल अलैंची व्यवसायी महासंघ गण्डकी प्रदेशका संयोजक तथा जिल्ला अध्यक्ष अजय तामाङले बताए । मस्र्याङ्दी गाउँपालिका–७ छिनखोलाका अलैंची किसानसमेत रहेका संयोजक तामाङले गतवर्ष ४ सय ५० केजी अलैंची दाना उत्पादन भएकोमा यो वर्ष २ सय केजी मात्र उत्पादन भएको बताए ।
त्यस्तै, बेंसिसहर नगरपालिका–१० खाँचेका अलैंची किसान सोमबहादुर तामाङको पनि समस्या तथा उत्पादन उस्तै उस्तै भएको छ । तामाङले गत वर्ष करिब २ सय किलो अलैंची दाना उत्पादन गरेको र योवर्ष भने जम्मा ३२ किलो मात्र अलैंची उत्पादन भएको बताए । अलैंची उत्पादन घटेपनि मूल्य भने वृद्धि भएको छ ।
अलैंची उत्पादनमा गिरावट आएसँगै मूल्यमा समेत गिरावट हुँदा किसानहरु निरास छन् ।
गत वर्ष ४ सय ५० किलो अलैंची दाना बिक्रीबाट २ लाख ७० हजार आम्दानी गरेका छिनेखोलाका तामाङले यो वर्ष २ सय किलो दाना बिक्रीबाटै २ लाख २० हजार आम्दानी गरेका हुन् । खाँचेका तामाङले गत वर्ष १ लाख २० हजार आम्दानी गरेको यो वर्ष ३५ हजार मात्र आम्दानी गरेको बताए ।
गत वर्ष प्रतिकिलो ५ सय देखि ६ सय मा अलैंचीको दाना बिक्री गरेका किसानले यो वर्ष १ हजार ५० देखि १ हजार १ सयसम्म बिक्री गरेका छन् । अलैंची जोन कार्यालयका अनुसार जिल्लामा गत वर्ष १ हजार ६५ हेक्टर क्षेत्रफलमा अलैंची खेती विस्तार भएको थियो भने ४ सय ७९ हेक्टर जमिनमा मात्रै अलैंची उत्पादन भएकोे थियो ।
व्यावसायिक खेती हुँदै आएको लेकाली क्षेत्रहरूमा अलैंची उत्पादनमा गिरावट आएसँगै मूल्यमा समेत गिरावट हुँदा किसानहरु निरास छन् । दशकअघि प्रतिकेजी २ हजार ५ सयसम्म रहेको अलैंचीको मूल्य अहिले प्रतिकिलो ८ सयदेखि ९ सयको हाराहारीमा छ ।
जिल्लामा विसं २०४१ बाट अलैंची खेती विस्तार भएदेखि किसान यस पेशाप्रति आकर्षित हुँदै आएको छ । २०७६ मा जिल्लामा २ हजार क्विन्टल दाना बिक्री गरेर किसानले १२ करोड आम्दानी गरेका थिए । जिल्लामा हाल १ हजार ५ सय हेक्टर क्षेत्रफल जमिनमा अलैंची खेती हुँदै आए पनि १ हजार २ सय हेक्टर क्षेत्रफलमा मात्र उत्पादन हुँदै आएको छ ।
उक्त परियोजनाले अलैंची जोन पकेट क्षेत्रका रुपमा मस्र्याङ्दी गाउँपालिका, बेंसिसहर नगरपालिका, क्व्होलासोथर गाउँपालिका, दोर्दी गाउँपालिका र दूधपोखरी गाउँपालिकालाई घोषणा गरिसकेको छ । सो क्षेत्रमा जिल्लाकै सबैभन्दा बढी अलैंची उत्पादन हुने गरेको बताइएको छ । जिल्लाका किसानले कुनै बेला अलैंची दाना प्रतिकिलो २ हजार २ सय सम्ममा बिक्री गर्ने गरेका थिए ।
उचाइअनुसार फरक फरक समयमा अलैंची पाक्ने हुँदा माथिल्लो क्षेत्रमा लगाइएको अलैंची किसानहरूले असोज महिनामा टिप्ने गर्छन् । अलैंची पाकेपछि टिप्न, छोडाउन र सुकाउन व्यस्त हुन्छन्, उनीहरु । दिनभर टिप्ने, राती छोडाउने र फेरि भट्टीमा सुकाउनुपर्ने हुँदा अलैंची किसानहरू त्यस समयमा व्यस्त हुने गरेका छन् । व्यवसायिक रूपमा अलैंची खेती गरेका जिल्लाका अधिकांश किसानहरूले सुकाएर मात्रै ग्रेडिङ गरी बिक्री गर्ने गरेका छन् ।
लमजुङको १२ सय मिटरभन्दा माथिल्लो भागमा व्यवसायिक अलैंची खेती हुने गरेको छ । जिल्लामा २० हजारभन्दा बढी कृषकले व्यवसायिक अलैंची खेती गर्दै आएका छन् । जिल्लामा लगाइएको अलैंचीका दानाको माग उच्च रहँदै आएको छ । जिल्लामा उत्पादित अलैंचीका दाना भारतहुँदै विभिन्न देशमा पुग्ने गरेको छ । रासस
Related News
सम्बन्धित समाचार
‘कुखुरा कल्याणमा केज प्रणाली अनुपयुक्त’
पशु स्वास्थ्य प्राविधिकलाई अभिमुखीकरण
माझठानाका कृषकलाई तालिम
कास्कीको मादीमा एउटै फार्मका दुई सय ८० बाख्रा मरेपछि…
फेदीखोलाको सर्केटारीमा प्रथम आलु प्रदर्शनी
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१