पोखरा, २४ पुस । धौलागिरी बचत तथा ऋण सहकारी संस्थाको २१ औ साधारणसभा एवं छैटौं अधिवेशनले देवीजंग गुरुङको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको छ । समिति उपाध्यक्ष खड्कबहादुर थापा, सचिव खुसीमान गुरुङ र कोषाध्यक्ष डम्बरजंग गुरुङ चयन भए । सदस्यमा कल्पना थापा क्षत्री, पदममाया गुरुङ, पूजन राजभण्डारी शाक्य, खुसीमाया गुरुङ, नरबहादुर गुरुङ छन् । लेखा संयोजक सनकमान सिके चयन भए।
त्यसअघि साधारणसभा उद्घाटन गर्दै प्रमुख अतिथि सराङकोट बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष एवं सामाजिक व्यक्तित्व कृष्णबहादुर थापाले सहकार्यको भावनासहित बचत ऋणसँगै सामाजिक उत्तरदायित्वका कार्यक्रम गर्नुपर्ने बताए । सहकारीले अवस्था बुझी कारोबारसहितका कार्यक्रम गरेमा परिमाण देखिने उनको सुझाव थियो।
कार्यक्रममा उत्कृष्ट व्यवस्थापनतर्फ व्यवस्थापक कुशल कार्की र रुपा गुरुङ, ज्येष्ठ सदस्य थमनसिंह गुरुङ, गमबहादुर गुरुङ, गणेश गुरुङ, उत्कृष्ट बचत कारोबारी, सेयर सदस्य तथा एसइई उत्तीर्ण विद्यार्थीलाई सम्मान गरीएको थियो।
सहकारी अध्यक्ष टोकबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष थमप्रसाद शेरचन, पूर्व अध्यक्ष चन्द्राकुमारी गुरुङ, निर्वाचन संयोजक तथा कानुनी सल्लाहकार दामोदर अधिकारी, उपाध्यक्ष देवीजंग गुरुङ, सचिव थिरबहादुर थापा, कोषाध्यक्ष वसन्त भट्टचन, शिक्षा संयोजक कल्पना थापा क्षत्री, सदस्य पूजन शाक्य, सनकमान सिके लगायतले बोलेका थिए । पोखराको चिप्लेढुंगास्थित सहकारीको २१ करोडको कारोबार रहेको सचिव थिरबहादुर थापाले बताए।
Related News
सम्बन्धित समाचार
पोखरामा धुवाँको कालो मुस्लो फ्याक्ने ११ गाडी नियन्त्रण
स्वास्थ्य संस्थाहरूमा किशोरकिशोरीमैत्री सेवा र पहुँच आवश्यक छ : प्रमुख आचार्य
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
श्रमको सम्मान नगर्नेहरू असभ्य: मुख्यमन्त्री
मेजर वीरसिंहको १२२ औं जन्मजयन्ती
hero news full width
मुख्य समाचार
गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
वैशाख २३, २०८१प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
वैशाख २३, २०८१मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिन्न ः पञ्चराम गुरुङ
वैशाख २३, २०८१मुख्यमन्त्री अधिकारीले पेस गरे विश्वासका लागि प्रस्ताव, छलफल सुरु
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक सुरु, विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै मुख्यमन्त्री अधिकारी
वैशाख २३, २०८१