क्रिकेटमा कास्की च्याम्पियन

आदर्श समाज सम्वाददाता
पौष १४, २०७८
cricket final

पोखरा । पोखरामा आयोजित गण्डकी प्रदेश छनोट क्रिकेट प्रतियोगितामा कास्कीले नवलपुरमाथि ९ विकेटको जीत निकाल्दै च्याम्पियन बनेको छ । मंगलबारको अन्तिम खेलमा पहिला व्याटिङ गरेको नवलपुरले सम्पूर्ण विकेट गुमाएर १ सय ३० रन बनाएको थियो । नवलपुरको तर्फबाट दीपक डुम्रेले ३१, रोविन तिमिल्सिनाले २३ रन जोडे । कास्कीका बलर विपीन खत्रीले ४, कृष्ण पौडेलले ३ तथा दीपेश खत्रीले २ विकेट लिए ।
जीतका लागि १ सय ३१ रनको लक्ष्य पाएको कास्कीले निर्धारित ४० ओभरमध्ये ३०.४ ओभरमा मात्रै १ विकेट गुमाएर जीत दर्ता गरेको हो । उसको लागि विधान श्रेष्ठले अभिजित ४३ तथा मुस्कान थापाले अभिजित ४० रन जोडे । यसअघि ओपनर अनिल गुरुङले ३२ रनको पारी खेलेका थिए । खेलमा ४ विकेट लिएका कास्कीका कप्तान विपीन खत्री म्यान अफ द म्याच भए ।
कुल ७ विकेटसहित ३० रन बनाएका कास्कीका कृष्ण पौडेल सर्वोत्कृष्ट खेलाडी भए । त्यस्तै प्रतियोगिताभर १ सय ४५ रन जोडेका कास्कीका अनिल गुरुङ उत्कृष्ट व्याट्स्म्यान बन्दा नवलपुरतर्फबाट ७ किवेट लिएका कमल परियार उत्कृष्ट बलर घोषित भए ।
विजयी खेलाडीलाई पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइराला, नेपाल क्रिकेट संघका सदस्य ऋषि गौतम, गण्डकी प्रदेश क्रिकेट संघका अध्यक्ष देवेन्सन प्रजु, कोषाध्यक्ष प्रकाश पौडेल, गण्डकी प्रदेश खेलकुद संघका सदस्य गिरमान गुरुङ, कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देल लगायतले पुरस्कार वितरण गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • सिद्ध र कालिका क्रिकेटको फाइनलमा

    आदर्श समाज सम्वाददाता वैशाख २०, २०८१
    पोखरा । कंगारु एजुकेशन फाउण्डेशन टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगिताको उपाधिका लागि सिद्ध र कालिका मावि आमनेसामने भएका छन् । पोखरा…
  • क्रिकेटमा त्रिभुवन र अमरसिंह विजयी

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समिति आयोजना तथा महानगर क्रिकेट संघ पोखरा संयोजनमा जारी नगरस्तरीय टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगितामा…
  • क्रिकेटमा त्रिभुवन र अमरसिंह विजयी

    आदर्श समाज सम्वाददाता वैशाख १६, २०८१
    पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समिति आयोजना तथा महानगर क्रिकेट संघ पोखरा संयोजनमा जारी नगरस्तरीय टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगितामा…
  • टी–ट्वान्टी छात्रा क्रिकेट प्रतियोगिता शनिबारदेखि

    आदर्श समाज सम्वाददाता वैशाख १४, २०८१
    पोखरा । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा पोखरा महानगर क्रिकेट संघको संयोजनमा वैशाख १५ देखि २१ गतेसम्म पोखरा…
  • पट्नेरीमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला बनाउन सिफारिस

    आदर्श समाज सम्वाददाता चैत्र २०, २०८०
    पोखरा । पोखरा २९, पट्नेरीको जग्गा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला र कभर्ड हल निर्माणका लागि गण्डकी प्रदेश सरकारलाई सिफारिस गरिएको छ…

hero news full width

Recent Posts

भर्खरै