पोखरा । लामो समयदेखि सिताके च्याउको व्यावसायिक खेती गर्दै आएका एसजी हिमालयन हर्बल तथा अर्गानिक फार्म प्रालिका सञ्चालक शीतल गुरुङ आजभोलि निकै खुसी छन् । कुनै बेला च्याउ नबिकेर हैरानीमा हुने गुरुङको व्यस्तता पछिल्ला दिनमा बढ्दो छ । च्याउ खेती गर्ने, टिप्ने, बजारीकरण गर्नेमात्र होइन, उनी अरुलाई सिकाउने काममा बढी सक्रिय छन् ।
गोरखाको बारपाकबाट सुरु गरेको सिताके खेती अहिले गण्डकी प्रदेशको ११ वटै जिल्लामा फैलाइसकेका छन् । कामले नै उनलाई सिताके च्याउको विज्ञ बनाएको छ । आजभोलि उनी सिताके च्याउको बारेमा सम्पूर्ण जानकारीसहित प्रशिक्षण दिन प्रदेशबाहेक धादिङ, नुवाकोट, दोलखा, सिन्धुली, रामेछाप, धनकुटा, सोलुखुम्बु, संखुवासभालगायत जिल्ला पुग्ने गर्छन् । च्याउ हुने जिल्लामा पुगेर तालिम दिने, फर्म सञ्चालन गरिदिने मात्र नभएर उत्पादनको बजारीकरणमा पनि सहयोग गरिरहेका छन् । उनले सिटिइभिटीमा पढाइ हुने सिताके च्याउको पाठ्यक्रम पनि उनैले तयार गरेका हुन् ।
च्याउ खेतीमा आफू सफल भएपछि उनी अरुपनि यही पेसामा लागून भन्ने चाहन्छन् । उनले च्याउको सम्भावना राम्रो देखेका छन् । ‘सिताके च्याउबाहेक अरु च्याउ पनि राम्रो छ,’ उनले भने, ‘जंगलबाट ल्याइएका मुढामा एकपटक लगाएपछि ५÷६ वर्षसम्म लगातार फल लिन पाउने कारण किसानहरु यसतर्फ आकर्षित भएका छन् ।’
किसानलाई थप आकर्षित गर्न सोमबार पोखरामा च्याउको महत्व, प्रविधि, बजारीकरण र यसबाट बन्ने परिकारका बारेमा जानकारी दिने उद्देश्यले एक कार्यक्रम आयोजना गरेका थिए । उक्त जानकारीमूलक कार्यक्रममा भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा. हरिबहादुर केसीले सिताके च्याउ स्वास्थ्यका लागि लाभदायी, व्यावसाय फलदायी रहेको बताए । च्याउ किसानहरुको आयआर्जनको राम्रो माध्यम भएकाले सिताके च्याउ उत्पादक किसाहरु प्रदेश सहकार्य गर्न तयार रहेको सचिव डा. केसीले जानकारी दिए । यसका लागि प्रदेश सरकारले काठका मुढा व्यवस्थापनमा वन तथा सामुदायिक वनसँग सहकार्य गर्ने तयारी भइरहेको बताए । ‘सिताके च्याउ खेती गर्न धेरै मात्रामा कामका मुढा आवश्यक पर्छन्,’ उनले भने, ‘किसानलाई मुढा व्यवस्थापनमा समस्या पर्छ भनेर हामीले सामुदायिक वनसँग सहकार्य गर्ने सोचिरहेका छौं ।’
सिटिइभिटीमा पढाइ हुने सिताके च्याउको पाठ्यक्रम पनि उनैले तयार गरेका हुन्
किसान शीतल गुरुङले अहिलेसम्म सरकारी अनुदान नपाएको र नलिएको बताए । नेपालमा कृषिको राम्रा सम्भावना रहँदारहँदै पनि कृषिमा दिइने अनुदानको दुरुपयोग भइरहेकोमा उनको गुनासो थियो । सिताके च्याउको खेती गर्न चाहने सबैलाई आफू सहयोग गर्न तयार रहेको उनले बताए । सर्वसाधारणको सहजताका लागि प्रदेश सरकार वा केन्द्र सरकारको सहयोगमा प्रदेशमा नमूना कृषि फर्म बनाउनुपर्ने र त्यसमा आफूले साथ दिने उनको भनाइ थियो ।
क्यान्सर, मधुमेह, उच्च रक्तचाप रोगलाई फाइदा पुर्याउने र रोग प्रतिरोधात्मक क्षमता बढाउने कारण पनि यसको माग बढेर गएको उनी बताउँछन् । सिताकेबाट पर्याप्त मात्रामा प्रोटिन, क्याल्सियम, भिटामिन बि, डी, आइरन, जिंक, पोटासियम लगायत खाद्य तत्व प्राप्त गरिने उनले जानकारी दिए । नेपालमा ८ सय मिटरदेखि २ हजार ५ सय मिटर उचाइसम्म लगाउन सकिने यो च्याउ उत्तिस, कटुस, ओखर, मौवा, लाकुरी लगायतको काठका मुढा र धुलोमा लगाउने यसको खेती गर्न सकिने उनले जनाए । सहरीभन्दा पनि ग्रामीण क्षेत्रमा खेती गर्न उपयुक्त च्याउको अहिलको बजार भाउ प्रतिकिलो ६ सयदेखि १ हजार रुपैयाँ पर्ने उनले सुनाए । एक वर्षमा एउटा मुढामा वार्षिक ३ किलो च्याउ उत्पादन हुन्छ ।
एकपटक मुढा काटेर आधा इन्चको प्वाल बनाएर मैनले टालेपछि लगातार पाँच महिना उत्पादन हुने र सोही मुढामा पाँच वर्षसम्म उत्पादन हुने गरेको छ । एकपटक रोपेपछि करिब ५ वर्षसम्म ढुक्कको साथ आम्दानी हुने गरेकोले पनि यो खेती फाइदाजनक भएको किसानको भनाइ छ । तरकारी, झोल, फ्राइ, सुप र डस्टको रूपमा पनि प्रयोग गरी मानिसले उपयोग गर्ने गरेका छन् ।
Related News
सम्बन्धित समाचार
गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
hero news full width
मुख्य समाचार
भलिबलमा अटल हिमाल
गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
वैशाख २३, २०८१गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
वैशाख २३, २०८१मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
वैशाख २३, २०८१प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
वैशाख २३, २०८१