वडा कार्यालयमा तालाबन्दी

आदर्श समाज सम्वाददाता
पौष २, २०७८
tala

पोखरा । कुस्मा नगरपालिका वडा १३ मा सार्वजनिक सुनुवाइको माग गर्दै नेपाली कांग्रेस र माओवादी केन्द्र गठबन्धनले तालाबन्दी गरेका छन् । ५ वर्षदेखि नै सार्वजनिक सुनुवाइको माग गर्दासमेत वडाध्यक्ष जंगबहादुर केसीले बेवास्ता गरेपछि यसअघि पनि चरणबद्ध विरोध कार्यक्रम हुँदै आएको थियो ।
बिहीबार विरोध प्रदर्शनमा वडाध्यक्ष केसीले प्रदर्शनीकारीमाथि धम्कीको भाषा प्रयोग गरेपछि आक्रोशित पक्षले तालाबन्दी गरेको जानकारी स्थानीय बाबुराम केसीले दिए । विरोधमा नेपाली कांग्रेसका वडा सभापति रामबहादुर नेपाली, माओवादी केन्द्रका तेजबहादुर कार्की लगायतले सार्वजनिक सुनुवाइ नभए कडा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । वडाध्यक्ष केसीले आर्थिक अनियमितता गरेका कारण सार्वजनिक सुनुवाइमा ढिलाइ गरेको उनीहरुको आरोप छ ।

Related News

सम्बन्धित समाचार

hero news full width