खेलकुद परिषद सदस्य सचिवमा टंकलाल नियुक्त

आदर्श समाज सम्वाददाता
मंसिर १४, २०७८
tanka

पोखरा । सरकारले राष्ट्रिय खेलकुद परिषद् सदस्य सचिवमा टंकलाल घिसिङलाई नियुक्त गरेको छ ।
मन्त्रिपरिषदको सोमवारको बैठकले नेपाल रग्बी संघका अध्यक्ष समेत रहेका घिसिङलाई ४ वर्षका लागि सदस्य सचिव नियुक्त गरेको हो ।
नेकपा माओवादी केन्द्रका वागमती प्रदेश कमिटी सदस्य समेत रहेका रामेछापका घिसिङ व्यवसायी समेत हुन् । तत्कालीन नेकपा सरकारले नियुक्त रमेश सिलवाललाई हटाएर सरकारले घिसिङलाई सदस्य सचिव नियुक्त गरेको हो । सिलवाल आफूलाई गैरकानुनी रुपमा हटाइएको भन्दै अदालत जाने तयारीमा छन् । सर्वोच्च अदालतमा इजलास हडतालका कारण उनको मुद्दा सुनुवाइ हुन सकेको छैन ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै