१८६ युनिट रगत संकलन

आदर्श समाज सम्वाददाता
मंसिर १२, २०७८
blood donation 2

पोखरा । एभरेस्ट मिडिया हाउसद्वारा सञ्चालित एभरेस्ट एफएम ९३ मेगाहर्ज र एभरेस्ट आवाज डटकमले शनिबार आयोजना गरेको रक्तदानमा १ सय ८६ युनिट रगत संकलन भएको छ । रेडियो प्रांगण पस्र्याङमा आयोजित कार्यक्रमको एफएमकी अध्यक्ष कर्मकुमारी गुरुङले पहिलो रक्तदाता चन्द्रकान्त पौडेललाई ब्लडब्याग हस्तान्तरण गरी उद्घाटन गरिन् ।
रक्तदातामध्ये १ सय ५१ जना पुरुष र ३५ जना महिला रहेको रेडियोका प्रबन्ध निर्देशक दीपेन्द्र श्रेष्ठले बताए । उनका अनुसार २५ प्रतिशतले पहिलोपटक रक्तदान गरेका थिए । ४५ जनाले पहिलोपटक रक्तदान गरेका हुन् ।
मंसिर महिनामा रक्तदानका कार्यक्रमहरु कम हुने हुँदा रगतको अभाव हुने र आफूहरुको वार्षिकोत्सव पनि पर्ने भएकाले संस्थागत सामाजिक उत्तरदायित्व बहन अन्तर्गत रक्तदान कार्यक्रम गरिएको गरिएको रेडियोका प्रबन्ध निर्देशक दीपेन्द्र श्रेष्ठले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width