पोखरा । स्वतन्त्र पत्रकार संघ कास्कीको आयोजनामा उद्घोषण तथा नेतृत्व विकास कार्यशाला भएको छ ।
२ दिनसम्म चलेको तालिम समापनमा संघका संस्थापक अध्यक्ष कृष्णप्रसाद बास्तोलाले स्वतन्त्र पत्रकार संघ नेपालले विगतदेखि नै दुर्गम स्थानका सामाजिक संस्थाका पदाधिकारीको नेतृत्व विकासमा साझेदारी गर्दै आएको बताए । उनले नेतृत्व विकास कार्यशाला विभिन्न संघसंस्थाले आयोजना गर्दै आएको अवस्थामा विद्यालयले विद्यार्थीका लागि उद्घोषण तालिम सञ्चालन गर्नु गौरवको कुरा भएको उल्लेख गरे । उनले भोलिका दिनमा विद्यार्थी भाइबहिनीले स्वतन्त्र पत्रकार संघको नाम सम्झने वातावरण कास्की शाखाले गरेकोमा आभार व्यक्त गरे ।
विद्यालय प्रअ बलराम गिरीले नेपाल सरकारले नमुना विद्यालय घोषणा गरेको विद्यालयका झन्डै २७ सय विद्यार्थीमध्ये ४० नमुना विद्यार्थीलाई नेतृत्वकर्ताका रुपमा विकास गरेर बाँकी विद्यार्थीको व्यक्तित्व विकासमा विद्यालयले संघसँग निरन्तर साझेदारी गरेर अगाडि बढ्ने धारणा व्यक्त गरे ।
सहायक प्रअ वासुदेव अधिकारीले भाइबहिनीको व्यक्तित्व र नेतृत्व विकासका लागि आफूले उपसमिति गठन गरेर आगामी दिनमा सक्षम नेतृत्वदायी भूमिकामा विद्यार्थीलाई पु¥याउन पहल गर्ने बताए । सहभागी विद्यार्थी मिसेल परियारले आफूनो जीवनमा स्वतन्त्र पत्रकार संघ कास्कीको तालिमले नयाँ अध्यायको सुरु गराएको बताइन् । अर्का विद्यार्थी रितेक विकले असफल गौतमको सफल प्रशिक्षणले पहिला आफैंले थाम्नु पर्ने खुट्टाले ठाउँ छोडेको छ कि भन्ने वातावरणको अन्त्य भएको धारणा राखे । संघका सचिव गंगासागर उपाध्यायले संघको तालिमले विद्यार्थीलाई नेतृत्व तहमा ल्याउन उत्प्रेरणा जगाएको बताए । विद्यार्थी जनक शर्माले स्वतन्त्र पत्रकार संघ कास्कीको तालिमले साच्चै व्यवहारिक ज्ञान आर्जन गरेको उल्लेख गरे । ४० विद्यार्थी सहभागी कार्यशालामा असफल गौतम, कृष्ण रानाभाट, ओम उपाध्याय, डिल्लीराम काफ्लेले, राधा ढकाल लगायतले सहजीकरण गरेका थिए ।
कार्यक्रम संयोजक डिल्लीराम कार्कीले स्वतन्त्र पत्रकार संघले सामुदायिक विद्यालयका विद्यार्थीलाई लक्षित गरेर निरन्तर निशुल्क उद्घोषण र नेतृत्व विकास कार्यशाला सञ्चालन गर्नेक्रममा कालिका विद्यालयमा आएको बताए ।
Related News
सम्बन्धित समाचार
आगोलागी नियन्त्रणसम्बन्धी सचेतना
पोखरा ६ मा साबुन बनाउने तालिम
रोजगारी दिनेभन्दा खोज्ने कम : २ सय ४५ जनाले पाए रोजगारी
गण्डकी बोर्डिङका शिक्षकलाई तालिम
प्यान गण्डकीको प्रथम भेला : वामदेवको अध्यक्षतामा नयाँ कार्यसमिति गठन
hero news full width
मुख्य समाचार
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
वैशाख १६, २०८१जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
वैशाख १५, २०८१त्रासैत्रासमा तंग्रिदै कागबेनी
वैशाख १४, २०८१