पोखरा । उल्लेरी युवा क्लब पोखरा–२२ ले ‘उल्लेरी कप पोखरा २२ सेभेन ए साइड फुटबल प्रतियोगिता’ आयोजना गर्ने भएको छ ।
राष्ट्रको फुटबल खेलको विकास, खेलाडीको स्तर वृद्धि तथा आपसमा भाइचारा सम्बन्ध बढाउने उद्देश्यले आगामी मंसिर २२ देखि २५ गतेसम्म पोखरा २२, उल्लेरीस्थित ब्याडचौरमा सो प्रतियोगिता हुने शुक्रबार पत्रकार सम्मेलनमा जनाइयो ।
कोरोना महामारीका कारण लामो समयसम्म थलिएको ग्रामीण पर्यटनसँगै समग्र पोखराको पर्यटन क्षेत्र प्रवद्र्धनमा टेवा पुर्याउनु पनि प्रतियोगिताको अर्को उद्देश्य रहेको क्लब अध्यक्ष जीवन गुरुङले जानकारी दिए । प्रतियोगितामा कास्की लगायत छिमेकी जिल्लाका गरी करिब २२ टिमको सहभागिता हुने आयोजको अनुमान छ । सोको लागि विभिन्न समिति गठन गरी प्रतियोगिता तयारी तीव्र पारिएको छ ।
४ दिनसम्म चल्ने यो प्रतियोगितामा उपाधि विजेताले नगद ५० हजार, उपविजेताले नगद २५ हजार र तेस्रो हुने टिमले नगद १० हजार साथमा शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्ने छन् । यस्तै उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलकीपरलाई ट्रफी तथा खेलकुद सामग्री पुरस्कार स्वरुप प्रदान गरिने प्रतियोगिता संयोजक याम गुरुङ ‘बुद्धिमान’ ले बताए । उनले पोखराबाट नजिकै रहेको उल्लेरी गाउँमा सञ्चालित होम स्टे प्रवद्र्धनमा पनि यो प्रतियोगिताले सघाउने हुँदा सबैबाट सक्दो सहयोगको अपेक्षा गरे । उनले गाउँमै फुटबल मैदान निर्माण गरिएको र क्लबले नियमित प्रतियोगिता सञ्चालन गर्दै मैदानको स्तरोन्नतिमा सघाउने बताए ।
क्लब अध्यक्ष जीवन गुरुङको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको सञ्चालन क्लब सचिव सुजन पौडेलले गरेका थिए ।
सिद्धार्थ राजमार्गअन्तर्गत कुभिण्डेबाट ३ किमी टाढा उल्लेरी गाउँ पर्छ ।
Related News
सम्बन्धित समाचार
यु–१४ फुटबल प्रशिक्षण
सहारा एकेडेमीमा यु–१४ फुटबल प्रशिक्षण
वागमतीलाई बहिरा महिला फुटबल उपाधि
आर्मी आहारारा गोल्डकपको नयाँ च्याम्पियन
आहा रारा पोखरा गोल्डकपकाे कस्ले जित्ला उपाधि ?
hero news full width
मुख्य समाचार
गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
वैशाख २३, २०८१प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
वैशाख २३, २०८१मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिन्न ः पञ्चराम गुरुङ
वैशाख २३, २०८१मुख्यमन्त्री अधिकारीले पेस गरे विश्वासका लागि प्रस्ताव, छलफल सुरु
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक सुरु, विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै मुख्यमन्त्री अधिकारी
वैशाख २३, २०८१