हेमजा । राप्रपा कास्की क्षेत्र ३ (क) बाट केन्द्रीय महाधिवेशनका लागि मंगलबार प्रतिनिधि छनोट गरिएको छ ।
जसमा महिलाबाट माता भण्डारी र पार्वती उच्चै ठकुरी, उत्पीडित समुदायबाट जीतबहादुर सुनार, आदिवासी जनजाति/मधेसी/थारु/मुस्लिम/पिछडिएका क्षेत्रबाट सेते गुरुङ ‘बिजुली’ र मोतिमान शाक्य चुनिए ।
खुलाबाट वरुणविक्रम राणा, शिवकुमार बास्तोला र कृष्णबहादुर शाही प्रतिनिधि भए भने, माछापुच्छ्रे गाउँपालिका कार्यसमिति अध्यक्ष सन्तोष गुरुङ र प्रदेशसभा (क) अध्यक्ष पूर्णबहादुर गुरुङ ‘जापान’ पदेन प्रतिनिधि रहे ।
पार्टीका केन्द्रीय सदस्य कुलबहादुर गुरुङ ‘कुलु’ ले राप्रपा नेपालको एकमात्र राष्ट्रवादी पार्टी भएको दाबी गरे । उनले पार्टीलाई अग्रणी बनाउनुपर्नेमा जोड दिंदै पार्टीले लिएको सिद्घान्त आमजनतामाझ पुर्याउनुपर्ने औंल्याए ।
केन्द्रीय सदस्य वरुणविक्रम राणाले पार्टीले हाल नेपालको व्यवस्था नै परिवर्तन गर्न चाहेको भनाइ राखे । जसका लागि सबै जनताको साथ रहनुपर्ने उनको भनाइ छ । उनले आफ्नो पार्टीले हाल बाध्यात्मक रुपमा संविधान माने पनि अब आन्दोलतमार्फत व्यवस्था नै परिवर्तन गर्न पहल गर्ने बताए ।
प्रदेशसभा (क) अध्यक्ष पूर्णबहादुर गुरुङ ‘जापान’ को अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला सदस्य बिजुलीप्रसाद गुरुङले स्वागत र सदस्य विष्णु ढुंगानाले सञ्चालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
गण्डकीमा सभामुखले संविधान मिचेको कांग्रेसको आरोप
गण्डकीमा ३० सिटलाई बहुमत, मुख्यमन्त्रीमा खगराजको निरन्तरता, सभामुखलाई कांग्रेसले देखायो कालो झन्डा
मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
रवीन्द्र अधिकारीको ५५ औं जन्मजयन्ती
स्थानीय तहका जनप्रतिनिधिलाई एमालेको प्रशिक्षण
hero news full width
मुख्य समाचार
गण्डकी प्रदेश सभाको बैठक ३० मिनेटका लागि स्थगित
मुलुकमा राजनीतिक अस्थिरताको जड नै माओवादी : कांग्रेस संसदीय दलका नेता पाण्डे
वैशाख २३, २०८१प्रदेश विघटन हुन जोगाउने जिम्मा सभामुखको हो : माओवादी नेता चुमान
वैशाख २३, २०८१मुख्यमन्त्रीलाई विश्वासको मत दिन सकिन्न ः पञ्चराम गुरुङ
वैशाख २३, २०८१मुख्यमन्त्री अधिकारीले पेस गरे विश्वासका लागि प्रस्ताव, छलफल सुरु
वैशाख २३, २०८१गण्डकी प्रदेश सभाको बैठक सुरु, विश्वासको मतका लागि प्रस्ताव पेस गर्दै मुख्यमन्त्री अधिकारी
वैशाख २३, २०८१