अखिल नेपाल खेलकुद महासंघ कास्कीमा वामदेव

आदर्श समाज सम्वाददाता
मंसिर ७, २०७८
KHELKUD SANGH

पोखरा । अखिल नेपाल खेलकुद महासंघको प्रथम कास्की जिल्ला भेलाले वामदेव सुवेदीको अध्यक्षतामा ४७ सदस्यीय कार्यसमिति गठन गरेको छ ।

नवगठित कार्यसमितिको उपाध्यक्षमा प्रकाश मल्ल, सचिवमा विशाल गुरुङ, कोषाध्यक्षमा जीवन बाँस्तोला र सहसचिवमा होमनाथ विश्वकर्मा चयन भएका छन् । नेकपा माओबादी केन्द्र निकट खेलकर्मीहरुको यो संगठनले खेलकुदको माध्यमबाट युवाहरुलाई सही दिशामा डो¥याउने आफ्नो लक्ष्य बनाएको छ ।

‘हाम्रो टिमका सबै पदाधिकारी र सदस्यहरु धेरै पहिलेदेखि नै खेलकर्ममा जोडिनुभएको छ । युवाहरुलाई एकता राख्न र संयमित बनाउन खेलकुद सबैभन्दा सहयोगी पनि सिद्ध पनि मानिन्छ । त्यसैले हामीले भेलाको आयोजना गरेर संगठित रुपमा अगाडि बढ्ने निर्णय गरेका हौँँ ।’ अध्यक्ष चयन भएसँगै बामदेव सुवेदीले भने ।

नवगठित कार्यसमितिकै सकृयतामा निकट भविष्यमै कास्की जिल्लामा विभिन्न खेलकुद कार्यक्रमहरुको आयोजना गर्ने, खेलाडीहरुको वृत्तिविकासमा लक्षित कामहरु गर्ने र खेलकुद क्षेत्रलाई स्वच्छ अनि विवादरहित बनाउने काममा लाग्ने लक्ष्य लिएको कार्यसमितिका उपाध्यक्ष प्रकाश मल्लले बताए ।

Related News

सम्बन्धित समाचार

hero news full width